Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

ल्होछारका कारण चीनका दुवै नाका बन्द

काठमाडौँ । भन्सारमा कार्यरत चिनियाँ कामदार ल्होसार मनाउन गएपछि चीनसँगको व्यापारिक दुई नाका बन्द भएका छन् । ल्होसारका कारण सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सार कार्यालयमा हुँदै आएको आयात रोकिएको छ ।

कोरोनाका कारण लामो समय बन्द भएर एकतर्फी रुपमा पुनः सञ्चालनमा आएका दुवै नाका ल्होसारका कारण बन्द हुँदा नेपालमा हुँदै आएको आयात ठप्प भएको छ । चिनियाँ ल्होसारका कारण बिहीबारबाट रसुवागढी नाका बन्द भएको हो । केरुङमा रहेका कामदार ल्होसार मनाउन गएपछि नेपालमा हुने आयात रोकिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।

उनका अनुसार चिनियाँ भन्सार अधिकारीले करिब १० दिनसम्म आयात रोकिन सक्ने सम्भावना रहेको जानकारी दिएका छन् । बुधबारसम्म दैनिक ५ कन्टेनर सामग्री आयात भएको थियो । कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका कारण २० दिन बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका ल्होसारका कारण फेरी बन्द भएको छ । गत माघ ८ गतेदेखि बन्द नाका माघ २७ गतेदेखि पुनः सञ्चालनमा आएको थियो । पुनः सञ्चालनमा आएको दुई दिनपछि चिनियाँ कामदार ल्होसार मनाउँन जादा गत शुक्रबारबाट उक्त नाका बन्द भएको छ ।

फागुन ५ गतेसम्म नाका बन्द हुनसक्ने जानकारी आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार मितेरी पुलको मर्मत पछि दुई दिनमा १४ कन्टेनर नेपाल प्रवेश गरेका थिए ।

ल्होसार मनाएर चिनियाँ कामदार नाकामा फर्किएपछि दैनिक नेपाली ३० कन्टेनर सामान आउने जानकारी आएको उनले जानकारी दिए। उनका अनुसार प्रत्यक वर्ष ल्होछार मनाउन चिनियाँ कामदार गाउँ फर्किदा नाका बन्द हुनेगर्छ । “चिनियाँले ल्होसारलाई ठूलो चार्डपर्वका रुपमा मनाउँदा केही समय आयात रोकिएको हो, यो प्रत्यक वर्ष हुने नियमित प्रक्रिया हो”, उनले भने ।

लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending