त्रिशूली । भूमिसम्बन्धी समस्या समाधान आयोगको नुवाकोटमा कार्यालय स्थापना भएसगैँ काम अघि बढाइएको छ । केही दिनअघि आयोगको नुवाकोटको संयोजकमा विन्दा ढुङ्गाना, सदस्यमा बलराम आचार्य र नारायण घिमिरे चयन भएर जिम्मेवारी पाएसगैँ जिल्ला समन्वय समितिको भवनमा आयोगको कार्यालय स्थापना र जिल्लाका स्थानीतहसँग सम्झौता थालिएको छ ।
‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी’लाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनु्सार काम गर्न सम्झौता शुरु गरिएको आयोगको नुवाकोटका संयोजक ढुङ्गानाले जानकारी दिइन् ।
उनका अनुसार भूमिहीनलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बासोबास गर्दै आएकालाई व्यवस्थित गर्न आयोगको स्थापना भए पनि स्थानीय तहमा ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाइ’ गठन गरेर निवेदन सङ्कलन गर्ने, त्यस माथि कारवाहीको लागि कार्यपालिकाको बैठकमार्फत सिफारिस गरेर पठाउनेसम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । “स्थानीय तहमार्फत सिफारिससहित प्राप्त भएका निवेदन जिल्लास्थित आयोगको कार्यालयले सङ्कलन गरेर त्यसलाई सम्बोधनको लागि केन्द्रमा पठाउने प्रावधान छ”, संयोजक ढुङ्गानाले भनिन्, “स्थानीय तहले सङ्कलन गरेको लगत सम्बन्धमा आवश्यक प्राविधिक पठाउने काम आयोगको जिल्ला र केन्द्रको भएकाले बाँकी मुख्य जिम्मेवारी स्थानीय तहमा रहेको हुँदा आयोगले कामको थालनी स्थानीय तहका प्रमुख तथा अध्यक्षसँग सम्झौता गरेर अघि बढाएका हौं ।”
आफ्नो पालिकाभित्रका भूमिहीन र सरकारी जग्गा उपभोग गर्दै आएका अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन तथा व्यवस्थित गर्न नुवाकोटको स्थानीय तहका प्रमुखले आयोगको नुवाकोट कार्यालय समक्ष सम्झौता गर्दैै लक्ष्य र उद्देश्य अनुसार जिम्मेवारी पूरा गर्न सुझाव दिएका छन् ।
किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले ‘भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन एकाई’ गठन गर्दै निवेदन सङ्कलन, त्यस माथिको छानबिनलगायतका प्रक्रिया पूरा गर्न आफूहरु निष्पक्ष रुपमा लाग्ने प्रतिबद्धता जनाए ।
सङ्कलन गरिएको निवेदनको अन्तिम फैसलाको अधिकार आयोगको केन्द्रमा रहेकाले सम्बोधन हुनेमा भने उनले आशङ्का व्यक्त गरे । आयोगबाट प्रभावकारी काम हुनेमा आफूलाई पनि विश्वास नभएको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको प्रतिक्रिया छ ।
तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले भने आयोगको अधिकार क्षेत्र र प्राप्त जिम्मेवारी पूरा हुनेछ भन्नेमा आफू पूर्ण रुपमा आशावादी रहेको बताए । तादीमा एक विद्यालयको जग्गा स्थानीयवासीले खरीद गरे पनि जग्गाधनी प्रमाणपत्र हस्तान्तरण नभएकाले त्यससम्बन्धी समस्या मुख्य रहेकाले आयोगबाट समाधान हुनेछ भन्ने आशा रहेको अध्यक्ष पाण्डेको भनाइ छ । तीन वर्षको कार्यकाल रहेको आयोगको अवधि अब २६ महिना छ ।
तोकिएको समयभित्रै काम सम्पन्न गर्न आफूहरु सक्रिय भएर लाग्ने भएकाले कुनै शङ्का नलिई काम अघि बढाउन स्थानीय तहलाई आयोगको नुवाकोट कार्यालयले अनुरोध गरेको छ । पहिलोमा भूमिहीन दलित, दोस्रोमा भूमिहीन सुकुम्वासी र तेस्रो प्रथामिकतामा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य भएकाले सोही अनुसार काम अघि बढाउन स्थानीय तहलाई सुझाब दिइएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: