काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेको छ । कार्यालयले शुरु गरेको अभियानको दोस्रो सातासम्म विभिन्न स्थानबाट १२ फरार प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना फस््र्यौटका लागि जिल्ला अदालतमार्फत कारागार पठाएको छ ।
प्रहरी प्रधान कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको फरार प्रतिवादी खोजतलास ‘कारवाही’ अन्तर्गत काभ्रेपलाञ्चोकमा अभियानका रूपमा सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । “सर्वोच्च र जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइद्वारा प्राप्त लगतका आधारमा फरार प्रतिवादी पक्राउ गरिरहेका छौँ, यो अभियान निरन्तर सञ्चालन गर्छौँ”, उनले भने । उनका अनुसार विभिन्न मुद्दामा फैसला भई ‘पुनरावेदन’ नहुने मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्दै पक्राउ गरिएको हो । कार्यालयले प्रहरी अधिकृतको नेतृत्वमा फरार प्रतिवादी खोजतलास टोली खटाएको छ ।
“तत्तत् निकायले उपलब्ध गराएको लगतका आधारमा सबैलाई पक्राउ गरिएको छ, यसलाई शतप्रतिशत उपलब्धि मानेका छौँ”, खत्रीले भने । उनका अनुसार फागुन यता हालसम्म १२ फरार प्रतिवादी पक्राउ परेका छन् । गत माघ पहिलो साता काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खत्रीले आफू ‘अपराध नियन्त्रणका लागि खरो उत्रने’ बताए ।
कार्यालयका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन छ जना पक्राउ परेका छन् । जसमध्ये तीन वर्षदेखि लागुऔषध मुद्दामा छ महिना कैदा फैसला भएका फरार बनेपा नगरपालिका–१२ गोठडाँडाका ४३ वर्षीय टीकाबहादुर तामाङ, पाँच वर्षअघि केही सार्वजनिक अपराध मुद्दामा जरिवाना असुल फैसला सुनाइएका मण्डनदेउपुर नपा–६ का ३१ वर्षका महेश राई र २८ वर्षीय राजन राई, चार वर्षअघि सवारी ज्यानरसरकारी छाप दस्तखत कीर्ते मुद्दामा दुई वर्ष ११ महिना कैद फैसला सुनाइएका पनौती नपा–२ का दीपेन्द्र हुमागाईँ, सात वर्षअघि घर भत्काउने मुद्दामा जरिवाना सुनाइएका बनेपा नपा–१४ का ४८ वर्षीय तिलकबहादुर राई र ठगी मुद्दामा जरिवाना फैसला सुनाइएका धुलिखेल नपा–१ का ३९ वर्षीय यादव घोरासैनी छन् ।
प्रहरीले गत सोमबार लागुऔषध मुद्दामा छ वर्षदेखि फरार प्रतिवादी रोशी गाउँपालिका–११ का २९ वर्षीय राजीव भन्ने मणिराज श्रेष्ठलाई पक्राउ गरी कैद तथा जरिवाना बेरुजू फस््र्यौटका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरेको थियो । गत हप्ता पनि प्रहरीले अयिभान शुरुआतमा विभिन्न मुद्दाका फरार अन्य पाँच फरार प्रतिवादीलाई पक्रेको थियो । उनीहरूलाई फरार प्रतिवादी खोजतलासका क्रममै पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिसकेको छ । कैद भुक्तानका लागि अदालत पठाइएकामा वनपैदावार हानी–नोक्सानी, सवारी दुर्घटना गराई अङ्गभङ्ग गराएको, जातीय छुवाछूत तथा भेदभाव मुद्दामा संलग्नलाई कैद र जरिवाना भुक्तानका लागि जिल्ला कारागार धुलिखेलमा राखिएको छ । “फरार अपराधी कुनै पनि बहानामा उम्कन नदिने रणनीति बनाएका छौँ”, प्रहरी उपरीक्षक खत्रीले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: