Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

ओलीपक्षीय नेताको द्विविधा : हो भन्ने, गएर छुचो नबन्ने

काठमाडौं । एमालेभित्र अन्तरसंघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाई गलत हो, तर ‘मिलौँ’ भन्नेहरु नै ‘हामी त सक्दैनौँ’ भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु माधवपक्षीय विभिन्न नेतासँग संवादमा छन् । माधव पक्षबाट केपीलाई सच्याउनका निम्ति विभिन्न प्रस्ताव राखिन्छ । ती कुराचाहिँ आफूबाट सम्भव नहुने भन्दै कुराकानी नै छाडेर उनीहरु पन्छिन्छन् । माथि नाम भएका सबै नेताको एउटै भनाइ हुन्छ, ‘हामी कुरा पु¥याउनै सक्दैनौँ ।’ माधव पक्षका नेताहरु केपीबाट भएका कमजोरी र त्रुटीबारे चर्चा गर्छन्, केपीपक्षीय ती नेताहरु कुनै पनि कुरा अस्वीकार गर्दैनन्, बरु निरीह भएर जवाफ दिन्छन्, ‘हामीलाई पनि चित्त बुझेकै छैन ।’

आजको जनआस्था साप्ताहिकमा खबर छ - यी संवादले भन्छ– प्रधानमन्त्री केपी ओली निश्चित घेराभित्र बसेर सबै कुरा गर्दै छन् । उनी सुझबुझका साथ हैन, हडबडे शैलीमा, अगाडि भएकाले जे–जे भन्छन्, त्यसआधारमा चल्दै छन्् । जस्तो कि, ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकलाई विधिपूर्वक आयोजना गरौँ, त्यसो गर्दा माधवपक्षीय नेतालाई पनि ल्याउन सकिन्छ भन्ने सुझाव नेताहरुले दिन चाहेका छन्, तर प्रधानमन्त्री सुन्न चाहन्नन् । भुकृटीमण्डपमा भाषण गरेर, अनि टेलिभिजन अन्तर्वार्ताबाट बैठक र चियापानको निम्तो गरिएको कुरा माधव पक्षले मानेको छैन । हरेक बैठकअघि सचिवालयले बैठकका कार्यसूची तय गर्ने एमालेको प्रचलन हो । त्यही सचिवालयले स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीसम्मैका कार्यसूची बनाउँछ । सचिवालयले एजेण्डा बनाएपछि स्थायी कमिटीबाट पारित गर्ने र त्यसपछिका बैठकमा जाने प्रचलन अहिले केपीपक्षबाट पालना गरिएको छैन । बरु, उल्टै पदाधिकारी, अर्थात् सचिवालय नै खारेज गरिएको छ । सचिवालय महासचिव संयोजकत्वको हुन्छ, त्यसमा पाँचै सचिवसहित मोर्चा संगठन प्रमुख र आर्थिक विभाग प्रमुख रहेन गरेका छन् । तर, पदाधिकारी नै खारेज गरेर सचिवालयविहीन स्थिति छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies