काठमाडौँ । भौगोलिक रूपमा विकट गाउँपालिका । यातायात सडक सञ्जालले पनि नजोडिएको । त्यसमाथि प्राकृतिक विपद् आइलाग्दा बझाङको साइपाल गाउँपालिकाका झन्डै ६१० घरपरिवार भोकमरीको चपेटामा छन् । यो गाउँपालिकामा गत कात्तिकयता एक दिन मात्रै पानी प¥यो । पानी नभएपछि अन्न बाली फलेन ।
आजको कान्तिपुर दैनिकमा खबर छ - भोकमरीको मारमा परेपछि गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्ष खाद्यान्न माग्दै काठमाडौं आइपुगेका छन् । काठमाडौं आउनेमा पालिका उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरिलाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया छन् । उपाध्यक्ष बोहराले साथमा एक वर्षको बच्चा पनि ल्याएकी छन् । ‘खेती भनेको गहुँ, जौ, कोदो र मकै हो तर खडेरीले केही उम्रिएन, उम्रेको केही बाली पनि सुक्यो,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलसमक्ष बिहीबार गाउँका पीडा सुनाउँदै उपाध्यक्ष बोहराले भनिन्, ‘पुस–माघबाटै खाद्यान्न अभाव भइसकेको छ । केहीले खाद्यको चामल आए तिरौंला भनेर व्यापारीबाट पैंचो चामल मागेर खाइरहेका छन् ।’
गाउँपालिकामा ५ वटा वडा छन् । वडा १ र २ मा करिब १५० घरपरिवार बसोबास गरिरहेको बोहराले जानकारी दिइन् । वडा ३ मा करिब १६० परिवार, ४ मा २०० र ५ मा करिब १०० घरधुरी छन् । यो क्षेत्र चीनको सीमानजिकै छ । आवश्यक अन्य वस्तु गाउँलेले चीनबाट किन्थे तर पछिल्लो समय नाका बन्द छ । जसले गर्दा उनीहरू थप समस्यामा परेका हुन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: