Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

प्रतिगमनको मतियार बन्न जसपा सरकारमा जादैन : अध्यक्ष उपेन्द्र यादव

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको बताएका छन् ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताए ।

सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताए ।

‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओलीले अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए ।

‘राष्ट्रपतिले बोलाएको सर्वदलीय वैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो,’ यादवले भने,’राष्ट्रिय सभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।’

सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको भन्दै यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy