खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको नवनिर्मित भवन अनुगमन गरेका छन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको रु सात करोड ३६ लाख २१ हजारको लागतमा निर्माण सम्पन्न गरिएको तीन तले आरसिसी भवन आज उनले अनुगमन गरेके हुन् । अनुगमनमा पुगेकी उनले भवन सञ्चालनका लागि आवश्यकपर्ने उपकरण, खानेपानीलगायत अत्यावश्यकीय सामग्री तत्काल व्यवस्थापन गर्ने मन्त्री राईले बताएकी छिन् ।
निर्माण सम्पन्न भवन नयाँ वर्षको अवसर पारेर वैशाख–१ गतेसम्ममा आवश्यक कर्मचारीको व्यवस्थान गरेर सञ्चालन गरिने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङका निमित्त अजयकुमार प्रमुख झाले जानकारी दिए ।
भवनको पहिलो तलामा १२ कोठा, दोस्रो तलामा हलसहित पाँच कोठा र तेस्रो तलामा दुई आवास गृहसहित आठ कोठा रहेको र आगलागी हुन नदिनका लागि प्रत्येक कोठामा फाएर फायरस्टिङ्गरसमेत जडान गरिएको छ । विसं २०५५ मा स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको खोटाङको कार्यालय अहिलेसम्म दिक्तेल बजारस्थित भाडाको घरमा सञ्चालन हुँदै आएको थियो ।
भवन निर्माणका लागि स्थानीय पदमप्रसाद आचार्य, परशु आचार्य र मीना आचार्यले एक रोपनी पाँच आना, दृपनारायण आचार्यले चार आना, टङ्कप्रसाद आचार्यले एक रोपनी, रामप्रसाद आचार्यले चार आना, बोलराज आचार्यले दुई आना र स्थानीय बासिन्दाले सङ्कलन गरेको चन्दाबाट खरीद गरिएको एक रोपनी एक आना जग्गा खरीद गरिएको थियो ।
भवन अभावमा कार्यालय सञ्चालनमा समस्या झेल्दै आएको आयुर्वेदका लागि आफ्नै सुविधा सम्पन्न भवन बनेपछि सहज हुने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण जिल्लाका अधिकांश योजनाका काम तोकिएको मितिमा सम्पन्न नभइरहेको अवस्थामा प्रतिष्ठा कन्ट्रक्सन प्रालिका प्रतिनिधि भीषण राईले समयअवधि अगाडि नै निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका थिए । दश स्थानीय तह रहेको जिल्लामा अधिकांश भौतिक पूर्वाधार निर्माणका योजनामा ठेकेदार कम्पनीको लापरवाहीका कारण योजना अलपत्र परेका छन् ।
यसैबीच, कोदोको रक्सीलाई ‘ब्याण्ड भर्सेज ब्राण्ड’को थोलेकी सामाजिक विकासमन्त्री राईलाई वडा कार्यालय बुइँपा र खोटाङ उद्योग वाणिज्य सङ्घले रक्सी उपहार प्रदान गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कोदोको लोकल रक्सीलाई कानूनी रुपमा वैधता दिएर व्यवसायीकरण गराउन माग समेत गरिएको छ ।
वडाबासी र वाणिज्य सङ्घले प्रदान गरेको तीनपाने रक्सी ग्रहण गर्दै उनले कादोको रक्सी उत्पादनलाई व्यवसायिक तथा घरेलु उद्योगको रुपमा विकास गर्न पहल थालेको बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीसमेत सकारात्मक रहेकाले कोदोको रक्सीलाई वैधता दिने अभियानले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरे ।
मन्त्री राईले साना उद्योगका रुपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरुपमा बैधता दिने प्रबन्ध मिलाउनुपर्ने बताउँदै आएका छन् । खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गरेका थिए ।
विसं २०६४ मा एमालेको तर्फबाट तत्कालीन संविधानसभा सदस्य रहँदा राईले अंश र वंशमा महिलाको समान अधिकार स्थापित गराउन, आमाको नामबाट नगरिकता प्रदान गर्ने मुद्दामा भूमिका निर्वाह गरेका थिए । संविधानसभामा अन्तरपार्टी महिला सांसद समूह (ककस)को संयोजक बनेकी उनी २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद रहेके थिईन ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: