प्रिस्टिना । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित भएका छन् । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।
कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प्राप्त गरेका थिए । संसदका सभामुख गाउलक कोन्जुफ्काले ओस्मानी संसदबाट निर्वाचिन भएको घोषणा गरेका थिए । कोसोभोको संसद १२० सदस्यीय रहेको छ ।
नवनिर्वाचित राष्ट्रपति ओस्मानीले कोसोभोमा कानुनी शासनका लागि आफूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूले कोसोभाका सबै नागरिकका लागि काम गर्ने बताए ।
ओस्मानीलाई प्रधानमन्त्री अल्बिन कुर्तीले पनि समर्थन जनाएका थिए । कोसोभोको संसदमा पूर्व कोसोभो लिबरेसन आर्मी (केएलए) को बर्चश्व रहँदै आएको छ । केएलएले स्वतन्त्र मुलुक निर्माणका लागि सर्बियाली सैनिकसँग भिषण युद्ध लडेको थियो ।
राष्ट्रपति ओस्मानी र प्रधानमन्त्री कुर्तीले कमजोर अर्थतन्त्रलाई माथि उकास्नुपर्ने गम्भीर चुनौती छ । कोसोभाका नागरिकको औसत मासिक ज्याला ६०० डलरभन्दा कम छ भने युवा बेरोजगारी करिब ५० प्रतिशत छ ।
कोसोभाका धेरै युवा कामको खोजीमा स्वीट्जरल्यान्ड र जर्मनीतर्फ पलायन भएका छन् । ओस्मानी र कुर्ती दुबैले चुनावताका बढी न्यायपूर्ण समाज र रोजगारी सिर्जनामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैबीच, सर्बियाले कोसोभोको स्वतन्त्रतालाई अझै मान्यता नदिएका कारण सीमाक्षेत्रमा तनाव साम्य भइसकेको छैन । कोसोभामा सर्बियाली मुलका नागरिकको बसोबास छ, र उनीहरु अल्पमतमा छन् ।
कोसोभाका राष्ट्रपति हाशिम थाचीमाथि दी हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युद्ध अपराधमा मुद्दा चलाएपछि राजीनामा दिएका थिए ।
युरोपेली युनियन र संयुक्तराज्य अमेरिकाले क्षेत्रीय तनाब मत्थर गर्ने उद्देश्यले कोसोभोको नयाँ सरकारमाथि सर्बियासँग वार्ता शुरु गर्न दबाब दिने सम्भावना छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: