काभ्रे । जिल्लाको विभिन्न स्थानीय तहमा अभियानकै रुपमा सञ्चालन भइरहेको राष्ट्रिय परिचयपत्रको फारम भर्ने क्रममा जिल्लाको कोशीपारी क्षेत्रमा सो अभियान सञ्चालन हुने भएको छ ।
काभ्रेको चौँरी देउराली गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनसम्बन्धी कार्यका लागि स्थानीय तहसँग समन्वय र सहकार्य थालनी गरिएको छ । यसको लागि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लाका सुरक्षा प्रमुखसहितका टोली पुगेका छन् । राष्ट्रिय परिचयपत्र र यसको महत्वका बारेमा प्रजिअ पोखरेलले सहजीकरण गरेका थिए। उनले सुशासन र पारदर्शीको लागि सरकारले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको कारण अभियानमा सहभागिताको आम नागरिकलाई आग्रह गरे ।
चौँरी देउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको विधिमार्फत जनतासँग जोड्न खोजेको बताउँदै निर्धारित समयभित्र कार्य सम्पन्न गर्न कर्मचारीलाई आग्रह गरे। ‘अहिले सञ्चालन हुने अभियानमा कर्मचारी संवेदनशील र तदारुकता भएर काम गर्न आवश्यक छ ।’ उनले भने, ‘राज्यले नयाँ खालको विधिलाई अगाडि सारेकोले त्यसमा सहभागिता जनाएर अयिभान सफल बनाउन लाग्नु सबैको दायित्व हो ।’
सो क्षेत्रमा अब छिट्टै राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गर्ने काम शुरु गर्ने जनाएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: