तनहुँ । जिल्लाको भिमाद नगरपालिका–९ पाथार्दीका बाख्राफार्म पशुपालन कृषकका लागि अवलोकनस्थलका रूपमा विकास हुँदै गएको छ । उक्त क्षेत्रमा विभिन्न क्षेत्रबाट बोयर जातको बाख्रा पाल्ने तरिका सिक्नका लागि प्रायः दैनिक पशुपालन कृषक अवलोकनका लागि आउने गरेका छन् ।
पाथार्दीका ६० घरपरिवारले बोयर जातको बाख्रापालन गरेर नमूना कार्य गर्नुका साथै आम्दानीको राम्रो स्रोत बनाउन थालेपछि अवलोकनका लागि कृषकको आकर्षण बढ्न थालेको हो । तनहुँ, गोरखा, लमजुङ, पाल्पा स्याङ्जालगायतका जिल्लाबाट कृषक समूह, स्थानीय पालिकाका जनप्रतिनिधिलगायतका टोली अवलोकनका लागि आउने गरेको स्थानीय अगुवा कृषक शिवकुमार आलेले बताए । पाथर्दीलाई गत दुई वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेशकै नमूना कृषिगाउँ घोषणा गरेको थियो ।
मुख्यमन्त्री कृषि नमुना गाउँका रूपमा घोषणा गरिएको पाथर्दी गाउँलाई गण्डकी प्रदेश सरकारले बाख्रा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरिसकेको छ । यस क्षेत्रका कृषकले बोयर जातको बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । अवलोकनका रूपमा पनि विकास हुँदै गएको उनले बताए । करिब सात वर्षको अवधिमा यहाँका बाख्रापालक कृषकले पाथर्दीलाई नमूना कृषिगाउँका रूपमा परिचित बनाउन सफल भएका छन् ।
पराम्परागतरूपमा पशुपालन तथा कृषि पेशा गर्दै आएका यहाँका कृषकले व्यावसायिकरूपमा बाख्रापालन थालेपछि आम्दानीसँगै विकासमा अघि बढेको अगुवा कृषक आलेले जानकारी दिए । गाउँमा शुरुमा बोयर बाख्रा ल्याएर पाल्न शुरु गरेका आलेले अहिले झण्डै रु ४० लाख मूल्य बराबरका बाख्रा फार्ममा रहेका छन् । “बाख्रापालनबाट राम्रै आम्दानी हुन थालेपछि आफू सन्तुष्ट रहेको छु”, उनले बताए, “वार्षिकरूपमा रु १० देखि रु १६ लाखसम्मको बाख्रा बिक्री गर्दै आएको छु ।”
विसं २०६४ देखि त्यस क्षेत्रका कृषकले बीउ तथा मासुका लागि बोयर बाख्रा उत्पादन गर्दै आएका छन् । बाख्रापालनमा राम्रो आम्दानी हुन थालेपछि पाथर्दीबाट विदेशिएका युवासमेत गाउँमै फर्किएर बाख्रापालनतर्फ लाग्न थालेको वडाध्यक्ष इमानबहादुर थापाले बताए । वैदेशिक रोजगारी त्यागेर बाख्रापालनमा भविष्य देखेका युवामध्येका एक कृषक हुन् विनम आले । करिब पाँच वर्ष दक्षिण कोरियामा बिताएका आलेले यतिबेला गाउँमा बोयर बाख्रालगायतका कृषि पेशा गर्न थालेका छन् । “परिवारको साथमा बसेर गाउँमै राम्रो आम्दानी हुने भएपछि किन विदेश जानू ? विदेशमा कमाएको पैसा गाउँमै कमाउन सकिने सम्भावना देखेर गाउँ फर्किएको हुँ”, उनले भने । आलेले ३०० कुखुरा र करिब ३५ वटा माउसहितको बोयर बाख्रा राखेर पाल्न शुरु गरेका छन् ।
कृषि पेशालाई व्यावसायिक बनाउन सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको अर्का कृषक श्रीमाया आलेले बताए । वर्षमा रु १० लाखसम्मको बोयर बाख्रा बिक्री गर्ने गरेको उनले बताए । “श्रीमान्, छोराहरु कसैलाई पनि विदेश पठाएको छैन”, उनले भने, “सबै मिलेर काम गर्ने हो भने स्वदेशमै रमाइलो र खुशी हुन्छ ।”
करिब रु १५ करोडको लगानीमा बाख्रा अनुसन्धान केन्द्र निर्माण गर्न लागिएको छ । अनुसन्धान केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको वडाध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षमा रु ५० लाख बजेट अनुसन्धान केन्द्रका लागि विनियोजन गरिसकिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: