काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुनुपर्छ भन्ने दावी नगरेको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकार नेतृत्वका लागि पार्टीले अगाडि सारेकोमा उनले पार्टीलाई धन्यवाद दिए ।
‘म नै हुनुपर्छ कहाँ भनेको छु मैले ?’ उनले भने । ‘मैले आफ्नै पार्टीको प्रधानमन्त्री पनि चाहेको छैन । तर संख्या पुग्नुपर्यो नि । जोसुकै होस् । पहिला मान्छे तयार पारौँ न ।’ कार्यक्रमा देउवाले सरकार बनाउन अग्रसर नभएको आरोपको खण्डन गर्दै भने, ‘सरकार बनाउन अग्रसर किन नहुने ?’, ‘कसलाई बनाउने हो म तयार छु ।’ उनले भने,‘भोलि मन्त्रिमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहियो । सबै साथीहरुले शेरबहादुर केही गरेन भनेपछि आज बैठक बोलाएको छु’, तर देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ ।’
यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । उनले भने, ‘हामीले वास्तविकता बुझ्नुपर्छ । संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्यउन हाम्रो संख्या संसद बेलाउन पनि पुग्दैन । यो वास्तविकता हो । संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । वास्तविकतालाई सबैले बुझ्नु पर्यो नि ।’
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: