Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

सरकार गठनको विषयमा कांग्रेस, माओवादी र जसपाबीच देउवा निवासमा छलफल शुरु

\"\"

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल देउवा निवास बुढानिलकण्ठमा शुरु भएको छ । दिउँसो ३ बजेलाई बोलाएको बैठकमा नेकपा माओवादी र कांग्रेसका शीर्ष नेताहरु निर्धारित समयमा देउवा निवास पुगेपनि जसपाका नेताहरु ढिला आइपुग्दा बैठक एक घण्टा ढिलो शुरु भएको हो । बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगे पनि जसपाका नेताहरु नपुग्दा बैठक अझै शुरु हुन सकेको छैन ।

जसपाका एक नेताका अनुसार बैठकमा आफ्नो तर्फबाट उठाउने एजेण्डामा बारेमा एकमत हुन आन्तरिक छलफलमा रहेको बताएका छन् । प्राप्त जानकारी अनुसार बैठकमा प्रवेश गर्नु अघि जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष द्वय महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु आन्तरिक छलफलमा जुटेका थिए ।

देउवा निवासमा अहिले माओवादी केन्द्रबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेताहरु र जसपाबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्त ठाकुर, अशोक राई सहभागी भएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् । आज मात्रै सभापति देउवाले काठमाडौंको एक कार्यक्रममा प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव पटक पटक ल्याउन खेजे पनि गणपुरक संख्या नपुगेकोले रोकिएको बताएका थिए ।

ओली विरुद्धको गठबन्धन बनाउन अझै पनि कठिन रहेको भन्दै आफु प्रधानमन्त्रीको रेसमा नरहेको जनाउ दिएका थिए । संसदमा एमाले बाहेक अहिले कांग्रेसको दुई निलम्बित बाहेक ६१ जना, माओवादी केन्द्रको ४ सभामुख बाहेक ४८ जना र जसपाको दुई निलम्बित बाहेक ३२ जना सांसद रहेका छन् । संसदमा प्रधानमन्त्री ओली विरुद्ध बहुमत जुटाउन एक सय ३८ सांसद संख्या आवश्यक पर्छ । जसको नेतृत्वमा सरकार गठन भए पनि जसपा संसदभित्र निर्णायक शक्तिकोरुपमा रहेको छ । जसपाले समर्थन नगरेमा सरकारको विपक्षमा बहुमत नै पुग्दैन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy