काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय निरन्तर उद्घाटन तथा शिलान्यास गरेका सयौं आयोजना तथा परियोजनाहरु अलपत्र पर्न सक्ने निर्माण व्यवसायीहरुले बताएका छन् ।
सरकारको निर्माण व्यवसायीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म र व्यवहारिक नीतिगत व्यवस्थामा सुधार नभएसम्म विकास निर्माणको सुध्रिन नसक्ने व्यवसायीहरुले बताए । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहमा सरकारको ध्यानाकर्षण गर्दै व्यवसायीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘करिब १५ हजार व्यवसायीहरु निर्माण क्षेत्रमा छन् । जसबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा १६–१७ लाखले रोजगारी पाएका छन् । तर पनि निमार्ण क्षेत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छैन ।’
सरकारले यो वा त्यो बहानामा अहिले पनि निर्माण व्यवसायीलाई च्याप्ने काम भइरहेकै छ । सिंहले भने, ‘कोभिड–१९ को प्रभाव निर्माण सम्पन्न हुन नसकेका परियोजनाहरु सम्पन्न गर्न निरन्तर दबाब आइरहेको छ । यसका लागि कम्तिमा साढे १ वर्षको समयावधि चाहिन्छ । तर सरकारले ६ महिना मात्र थपिएको छ । अहिले पनि धेरै आयोजनाको हामीले भुक्तानी पाएका छैनौं । फेरि कसरी काम गर्ने ?’
त्यस्तै, मोरङ उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरेशराज सुवेदीले निर्माण सम्पन्न गरेका, प्रगति भएका आयोजनाका भुक्तानी नपाउँदा बजारमा निर्माण सामाग्रीको क्रेडिट बढेको र काम गर्न नसक्ने अवस्था आएको बताए ।
‘यस्तै अबस्था रहे हाल प्रधानमन्त्री ओलीले बालुवाटारबाट रिमोट थिचेर उद्घाटन तथा शिलान्यास गरेका सयौं आयोजनाहरु अलपत्र पर्नेछन् ।’, सुवेदीले भने ।
सरकारले उपभोक्ता समितिको नाममा मनलाग्दी स्थानीय तहलाई विकास निर्माणको काम सुम्पिँदा जनप्रतिनिधिहरु नै ठेकेदार बनेको बताए । जसले राज्य ढुकुटीको अर्बौं अर्ब रुपैयाँ दुरुपयोग भएको बताए छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: