काठमाडौं । मेलम्चीको खानेपानी राजधानीमा वितरण भएसंगै उत्साही बनेका काठमाडौं बासीमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को असावधानीको कारण अर्को पीडा थपिएको छ । राजधानीको विभिन्न ठाउँमा वितरण गरिएको मेलम्ची खानेपानी आयोजनाको पाइपलाइनमा चुहावटको दिनदिनै बढ्न थालेपछि सडक डिभिजन कार्यलय काठमाडौंले केयुकेएल लगायत सरोकारवालासंग छलफल थाल्ने भएको छ । बल्लतल्ल बनाएको सडक पानीले भत्काएपछि डिभिजन कार्यलय काठमाडौं चिन्तित बनेको छ ।
डिभिजन सडक कार्यलय काठमाडौंका अनुसार ३ सयभन्दा बढी स्थानमा सडकमा पानीको लिकेज देखिएको बताए । केयूकेएलले अहिलेसम्म करिब डेढ दर्जनस्थानमा मर्मतका लागि सडक खन्ने अनुमति मागेको छ ।
चैत १५ देखि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न थालिएको थियो। राम्रोसंग चेकजाँच नगरी पुरानो पाइपलाइनबाट पानी वितरण गर्दा पुरानो पाइपलाइनमा ३३३ ठाउँ चुहावटको समस्या देखिइसकेको छ।
चुहावटको समस्या बढेसँगै केयुकेएलले आकस्मिक रूपमा मर्मत गर्न र्यापिड रेस्पोन्स टिम परिचालन गरेको जनाएको छ।
यसरी सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले भने चिन्ता व्यक्त गर्दै आएको छ । विगतमा मेलम्चीको पाइपलाइन बिछ्याउँदा बिग्रिएको सडक बल्ल(तल्ल ठीक पारेको भन्दै विभागले फेरि पुरानै दिन आउने विभागको चिन्ता छ ।
‘केयुकेएलको असावधानीको कारण जताततै पिच डक पानीले भत्काएको छ । पुराना पाइप फुटेर सडकमा जथाभावी पानी बग्दा सडक यात्रीहरुले अनावश्य सास्थी भोग्नु परेको छ । अहिले दैनिक साढे आठ करोड लिटर पानी वितरण भइरहेको छ। यो चक्रपथभित्र मात्रै वितरण छ।
सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत् साढे आठ करोड लिटर पानी ल्याइएको छ। अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउने केयुकेएलको भनाइ छ।
चक्रपथभित्र ११ सय किलोमिटर पाइपलाइनको सञ्जाल रहेकोमा नयाँ पाइपलाइन तयार नभइ पुरानै पाइप लाइनमा पानी वितरण गर्दा अवस्था भयाभय हुने सरोकारवालाको चिन्ता जायर गरेका छन् ।
ट्यांकीहरू बनिसके पनि पाइपलाइन भने तयार भइनसकेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईका अनुसार पहिल्यैदेखि ढलको समस्या भएका क्षेत्रका पाइपलाइनमा पनि समस्या देखिएको छ । ढलबाट निस्कने ग्याँसले खानेपानीको पाइपलाई कमजोर बनाएका कारण चुहावटको समस्या देखिने गरेको उनको भनाइ छ । अहिलेसम्म १० वटा ट्यांकी तयारी अवस्थामा छन्, कटुञ्जेको ट्यांकी अझै तयार भइसकेको छैन।
रिङरोडबाहिर कीर्तिपुर, भक्तपुर र कपन क्षेत्रको पाइपलाइनको काम नै पुरा भइसकेको छैन । अहिले केयूकेएलले अनामनगर क्षेत्रका १६ सय वटा धारामा बाहेक अन्य पुरानै प्रणालीबाट पानी छोडेको छ । नयाँ पाइपलाइन बनेपछि पानी चुृवावटको समस्य उत्पन्न नहुने केयुकेएलका प्रवक्ता राई दावी गरेका छन् ।
‘
‘
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: