महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित राजु हार्डवेयर पसलका व्यापारीमाथि आक्रमण गरी लुटपाट गरेको आरोपमा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी–७ बस्ने ३० वर्षीय राजीव यादव, २६ वर्षीय सुरज मण्डल, १७ वर्षीय रामप्रवेश मण्डल र २१ वर्षीय केवलकुमार मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।
मङ्गलबार राति करिब ९ बजेको समयमा पाँच जनाको समूहमा आएका युवाले पसलको ढोका तोडफोड गरी भित्र पसेर पसले राजु चौधरी तथा उनका छोरा गौरव चौधरीलाई अश्लील गालीगलौज गर्नुका साथै मोटरसाइकलको हेलमेट र मुक्का, लात्तीले कुटपिट र लुटपाट गरेको पीडित पसलेले बताएका छन् । हेलमेटले हिर्काएर भागेकाहरुको एक थान हेलमेट अझै सो पसलमा छुटेको अवस्थामा छ ।
मदिरा खाएर मात्तिएका युवाको समूहले पसले राजुको पसलको गल्ला ९पैसा राख्ने स्थान० बाट रु तीन लाख र एक थान मोबाइल लुटेर लगेको राजुले बताएका छन् । सो घटनाको विरोधमा स्थानीय व्यापारीले आफूहरु असुरक्षित भएको भन्दै बुधबारदेखि महोत्तरी उद्योग वाणिज्य सङ्घ मटिहानीमा तालाबन्दी गरेका छन् । उनीहरुले प्रदर्शन र नाराबाजी गरिरहेका छन् ।
व्यापारीहरुको सुरक्षाका लागि कुनै चासो नदेखाएको भन्दै स्थानीय व्यापारीले तालाबन्दी गरेपछि सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता पनि व्यापारीसँग ऐक्यबद्धता प्रकट गर्दै उनीहरूसँग प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । उद्योग वाणिज्य सङ्घ मटिहानीले दोषीउपर कडाभन्दा कडा कानूनी कारवाही नभए थप सङ्घर्षका कार्यक्रम अगाडि सार्ने बताएका छन् । मटिहानी बजारमा पटक–पटक यस प्रकारका घटना हुँदै आए पनि प्रहरी चौकी तथा सशस्त्र बिओपीको उदासीनताका कारण दोषी उम्कने तथा व्यापारी लुटिने गरेको स्थानीय व्यवसायीको आरोप छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: