Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

मानव सेवा आश्रमका बालगोपाल, लक्ष्मी र नारायण भवन बन्ने

मोरङ । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ । कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण गरिने छ जसका नाम बालगोपाल, लक्ष्मी र नारायण राखिने छ ।

\"\"

मिस वल्र्ड नेपाल शृङ्खला खतिवडा संलग्न रहेको गाथा डिजाइन समूहले २७ हजार वर्ग फिट रहने गरी भवनको नक्शा निर्माण गरेको हो । प्रदेश नं १ सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मोरङ र सुनसरीका उद्योगपति, व्यापारी र नागरिक समाजले उक्त भवन निर्माणका लागि आवश्यक पर्ने रकम व्यवस्था गर्ने छन् ।

यसैगरी महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीलगायत विभिन्न उद्योगपति, नागरिक समाजलगायत अन्य गण्यमान्यले व्यक्तिगतरुपमा एकएक कोठाका लागि रु एक करोड ७४ लाख सहयोग गरी ३४ कोठा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगरका प्रमुख पराजुली र उपप्रमुख इन्दिरा कार्की, कविर आश्रमका जग्गादाता सुशीला खड्का, मानवसेवा आश्रमका संयोजक रामजी अधिकारीलगायतले संयुक्त रुपमा भवनको छ स्थानमा शिलान्यास गरेका थिए ।

सो अवसरमा महानगर प्रमुख पराजुलीले सहयोगापेक्षीको बाँकी जीवन सुखमय बनाउन आश्रम निर्माणले सहयोग पु¥याएको धारणा राखे ।सामाजिक विकास मन्त्रालय सचिव गोविन्दबहादुर कार्की, कलाकार दीपाश्री निरौला, मनोज गजुरेल, आनीछोइङ डोल्मा, पूर्वप्रहरी अधिकृत रमेश खरेललगायतले सडकमा खाना, छाना र नानाविना जीवनयापन गरिरहेका सहयोगापेक्षीलाई सम्मानपूर्वक बसोबासको व्यवस्था गर्न लागिएमा खुशी व्यक्त गरे । यसैगरी आश्रम निर्माणका लागि विराट व्यापार सङ्घले रु दुई लाख ५० हजार तथा ११ जनाले रु एक लाख ११ हजार १११ का दरले आश्रमको वार्षिक भोजनको आजीवन सदस्यता दिएको जनाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: