Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको चरम अभाव

गलकोट । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त गरेका छन् । खानेपानीको समस्या भएपछि विसं २०३४ मा बागलुङ–६ धारापानीको मुहानबाट पानी ल्याएर खाँदै आएका लङ्गाउँवासीलाई पुनः १० वर्षअघिदेखि खानेपानी समस्याले सताउन थालेको छ ।

जनसङ्ख्या वृद्धिदर बढ्दै जानु र धारापानीको मुहान सुक्दै जान थालेपछि विगत १० वर्षदेखि लङ्गाउँमा खानेपानीको हाहाकार हुँदै आएको स्थानीयवासी टेकबहादुर थापाले बताए । “हिउँदको चार महिनामा खानेपानीको निकै समस्या छ, दुई दिन बिराएर धारामा दुई गाग्री पानी आउँछ”, थापाले भने, “एकै ठाउँमा बस्ती छ, थोरै खानेपानीले पुग्दैन, सरसफाइ र पशुका लागि लङ्गाउँमुनिको गोजीको धारोबाट बोकेर ल्याउँछौँ, आउन जान आधा घण्टा लाग्छ ।”

बजार नजिकैको घर भएरसमेत हिउँदमा दुर्गममा जस्तो खानेपानी बोक्नुपर्ने समस्या पीडादायी भएको उनको गुनासो छ । पटक–पटक एक घर एक धाराको कुरा आए पनि हालसम्म कुनै काम हुन नसकेको स्थानीयवासी याम थापाले जानकारी दिए । अहिले लङ्गाउँका लागि भनेर भिरलाखुरीमा एक लाख लिटरको खानेपानी ट्याङ्की निर्माण भए पनि काठेखोलाको पानी तानेर ल्याउनुपर्ने नगर खानेपानीको आयोजना अगाडि नबढ्दा समस्या भइरहेको छ ।

खानेपानी समस्या समाधानका लागि बागलुङ नगरखानेपानी र नगरपालिकाको साझेदारीमा काठेखोलाको पानी लिफ्टमार्फत माथि ल्याउने काम भइरहे पनि समयमै नसकिँदा सोही लिफ्टको पानीमाथि लगेर लङ्गाउँ पुर्याउने कार्य अलपत्र पर्दै आएको छ । हिउँदको फागुन, चैत, वैशाख र जेठमा खानेपानीको चरम अभाव हुने गरेको छ । अहिले लङ्गाउँका साुदायिक धारामा रित्ता गाग्री छरपष्ट देख्न पाइन्छ ।

अहिले लङ्गाउँका बासिन्दाले भिरलाखुरीमा बनाइएको ट्याङ्की हेरेर काठेखोलाको पानी कुर्दै बसेका छन् । मुख्य खानेपानी आयोजनाको काम पूरा नहुनु र भिरलाखुरी पम्पमार्फत पुर्याउने खानेपानीको कामको कुनै सुरसार नहुँदा अझै केही वर्ष खानेपानीको अभाव झेल्दै बस्नुपर्नै लङ्गाउँवासीको पीडा छ ।

नगरपालिकाले खानेपानीका लागि अधिकतम प्रयास गरेर तल्लो लङ्गाउँमा खानेपानी पुर्याएको भए पनि उपल्लो लङ्गाउँमा समस्या समाधान केही वर्षमा हुने नगर प्रमुख जनकराज पौडेलले बताए । नगर खानेपानीको काम सकिएर काठेखोलाको पानी रातामाटा पुग्नासाथ पुनः एक लाख लिटरको ट्याङ्की निर्माण गरिएको बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies