Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

दश स्थानीय तह भएको बागलुङमा एउटा मात्र दमकल

गलकोट । गत मङ्सिर १६ गते बागलुङ बजारको अस्मिता कपास उद्योगमा आगलागी भयो । आगलागी हुँनासाथ बजारको दमकललाई खबर गरियो । तर आगो दन्किरह्यो, दमकल भने आएन । आगलागीबाट कपास उद्योग पुरै जलेर लाखौँको क्षति भयो । त्यसबखत नगरपालिकाको दमकल बिग्रिएर आउन नसकेको नगरपालिकाले जानकारी दियो । दश स्थानीय तह भएको बागलुङमा एकमात्रै दमकल हुँदा समस्या भएको छ ।

गत चैतमा मात्रै बागलुङ बजारमा तीन ठूला आगलागीका घटना भए । बजारको ग्रिल एण्ड चिल रेष्टुराँमा आगलागी हुदा १२ लाखको क्षति भयो भने सिर्जना फर्निचरमा आगलागी हुँदा छिमकको दुई घरमा समेत क्षति पुर्यायो ।

फर्निचरमा लागेको आगलागी नियन्त्रणमा लिन नगरपालिकाको दमकलले नसकेपछि पर्वतको कुस्मा नगरपालिका र म्याग्दीको बेनी नगरपालिकाको दमकलसमेत झिकाइयो । त्यसलगत्तै बागलुङ बजारको मुख्य चोकमा रहेको श्रेष्ठ हार्डवयरमा आगलागी हुँदा रु ३० लाख बढीको क्षति भयो । हार्डवयर पसलको आगलागी नियन्त्रणमा समेत नगरपालिकाको दमकलको पानीले नपुग्दा पुनःपानी ल्याउन जानुपर्ने अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

गलकोट, ढोरपाटन, जैमिनी नगरपालिका, काठेखोला, ताराखोला, निसिखोला, तमानखोला, बढीगाड र बरेङ गाउँपालिकामा दमकल छैनन् । पछिल्लो समय बागलुङमा आगलागीका घटना बढ्दै गए पनि स्थानीय तहले दमकल खरिदमा चासो दिएका छ्रैनन् ।

जिल्लाको दोस्रो ठूलो शहरका रुपमा रहेको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिवाङ, गलकोट बजार, खर्बाङ, कुस्मिशेरा, अक्षेते र बरेङ बजारमा आगलागी भएमा आगलागी नियन्त्रणमामा निकै समस्या छ । स्थानीय सरकारले विकास निर्माणका लागि डोजर खरीद गर्नु राम्रो भए पनि एम्बुलेन्स र दमकल अपरिहार्य भएको अधिकारकर्मी राम शर्माले बताए ।

“सडक बन्द हुँदा डोजर चाहिन्छ, अहिले विकास निर्माण गर्न डोजर नचाहिने कुरै भएन तर स्थानीय तहको ध्यान दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी खरीद गर्नुपर्दछ”, शर्माले भने, “हैन भने स्थानीय सरकारको दायित्वभित्र रहेको जनताको जीउधनको सुरक्षाको जिम्मा कसले लिने ?”

आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरीद गर्दा ठूलो जनधनको क्षति हुनबाट रोक्न सकिने जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए । दमकल भएको बागलुङ नगरपालिकामा पनि जनशक्तिलगायतका कारण तत्काल आगलागी नियन्त्रणमा समस्या देखिने गरेको छ । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकाका मुख्य बजार क्षेत्रमा दमकल पुग्नसक्ने सडक सञ्जाल छ ।

अहिलेसम्म दमकलको आवश्यकता महशुस नभएको काठेखोला गाउँपालिकाले जनाएको छ । स्रोत र साधनको अभावसँगै गाउँपालिकाभर दमकल पुग्ने सडक नभएका कारण खरीद गर्ने योजना नरहेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । अन्य स्थानीय तहमा आगलागी हुँदा बागलुङ नगरपालिकाको दमकल गुहार्नुपर्ने अवस्था छ । आगलागीका घटनामा अन्य स्थानीय तहलाई समेत सहयोग गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies