Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोरोना नियन्त्रणका योजना कागजमै सीमित

म्याग्दी । कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बनेको हो ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्षसमेत रहेका म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउँछन् तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन ।

कालीपुलको नाकामा एक जना नेपाल प्रहरीका कर्मचारीले मात्र जाँच गरिरहेका थिए । स्थानीय तयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीको उपस्थितिमा सञ्चालन गरिएको भनिएको होल्डिङ सेन्टर बन्द थियो । बजारमा बढ्दो भिडभाड तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भएको लापरवाहीले म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणको दर बढ्न थालेको हो । यही वैशाख ९ गते ११ जनामा कोरोना पुष्टि भएको म्याग्दीमा आइतबार थप छ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यही दरमा सङ्क्रमण बढेको अवस्थामा अस्पताल र स्वास्थ्य संस्थाले कोरोनाका बिरामीको उपचारका लागि चाप धान्न नसक्ने चिकित्सकले बताएका छन् । बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भएको लापरवाहीले सङ्क्रमण फैलिएको बताए । ‘हात धुने ठाउँ हटेका, भीडभाड हुन थालेका, मास्क लगाउन छाडेका छन्’, उनले भने, ‘ओपिडिमा धेरैजसो श्वासप्रश्वासका बिरामी आउन थालेका छन् । भिड नियन्त्रण र अनुशासनमा नरहने हो भने म्याग्दीमा कोरोना भयावह हुने खतरा छ ।’

विदेश, कोरोना फैलिएका जिल्ला तथा शहरमा हुने आवतजावत, पर्यटक, मेला, जात्रा, धार्मिक र सांस्कृतिक कार्यक्रम, राजनीतिक गतिविधिले कोरोना फैलिने जोखिम बढाएको हो । बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था मिलाइएको छ ।

स्थानीय तहले स्थापना गरेका पाँच÷पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ । धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करारको अवधि थप गर्न लागेको छ । बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ’, उनले बताए, ‘निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बाहना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्ने छ ।’

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय, शैक्षिक संस्थामा मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन । जोखिम बढे पनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन तर प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्णरूपमा साथ दिएको र स्थानीय तहहरुसँग प्रभावकारी समन्वय भएको जिकिर गरे। होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको प्रजिअ अधिकारीले बताए ।

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको, सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताए । सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उनले गुनासो गरे ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies