काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बन्न थालेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड तथा कोरोना रोकथामबारे रणनीति बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक सोमबार बस्दै छ ।
दिउँसो १ बजे संयुक्त बैठक बस्ने लागिएको जिल्ला प्रशासन कार्यलय काठमाडौंका एक अधिकारीले बताएका छन् । स्वस्थ्य मन्त्रालयले आइतबार २४ घण्टामा काठमाडौं उपत्यकामामात्रै १४९८ जना कोरोना संक्रमित पुष्टि भएको तथ्याङ्क सार्वजकिन गरेपछि उपत्यकामा थप कडाइ गर्ने तयारी भइरहेको छ । आइतबार बेसेको संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले गाउँमा दुई सय र शहरमा पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
जिल्ला प्रशासन कार्यलय काठमाडौंको अनुसार संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, रात्रिकालिन सेवा, रेष्टुँरा लगायत भिडभाड हुने विशेष निगरानी गरी थप कडाइ गर्ने रणनीति तय गरिने बताइएको छ ।
मन्त्रिपरिषद्ले यसअघि नै रात्रि ब्यवसाय पूर्णरुपमा बन्द गरेको छ । होटल ब्यवसाय साँझ ८ बजेपछि बन्द गर्ने निर्णय गरेको छ ।
प्रतिकृया लेख्नुहोस्: