Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

यस वर्ष पर्वतका ७०० हेक्टर वन क्षेत्रमा आगलागी

पर्वत । वनमा लाग्ने डढेलो नियन्त्रण र वन संरक्षणसंगै प्रवद्र्धनको मुख्य भूमिका स्थानीयवासीको हुन्छ तर पर्वतका अधिकांश वनजङ्गलमा मानवीय कारणले आगलागी भएको तथ्याङ्कले देखाएको छ । गत चैत २५ गते दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ सरौखोलाको डाँडाकाहुँमा आगलागी हुँदा पाँच घर र १५ गोठ जलेर नष्ट भए । जङ्गलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् ।

डिभिजन कार्यालय पर्वतले आगलागीका अधिकांश घटना मानवीय कारण भएको निष्कर्ष निकालेको छ । कार्यालयले पैयुँमा मात्र होइन, जिल्लाका अधिकांश ठाउँमा मानवीय कारणले आगलागी भएको बताए पनि डढेलो लगाउनेलाई पहिचान गर्न मुस्किल हुने र प्रमाण जुटाउन समस्या हुने भएकाले कानूनी दायरामा ल्याउन गाह्रो भएको बताएको छ ।

वनजङ्गलमा आगो लगाउँदा कस्तो कानूनी कारवाही बेहोर्नुपर्छ भन्नेबारे नागरिकमा खासै जानकारी नहुँदा घटना मौलाउँदै गएको देखिन्छ । बस्ती आसपासमा नयाँ घाँस पलाउने आशले सुकेका पातपतिङ्गरमा लुकीछिपी आगो लगाउने गरिन्छ । जङ्गलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण वनजङ्गल सखाप हुने गरेको छ ।

पर्वतमा गर्मीयामसँगै जिल्लाका सामुदायिक वनमा आगलागीका घटना बढेको पाइन्छ । डिभिजन वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष ५० वटा सामुदायिक वनमा आगालागी भएको छ । जलजला गाउँपालिका–८ नाग्लीवाङ, फलेवास–३ शङ्रकपोखरी, मोदी–२ र ३ को भमरकोट, चिसापानीलगायतका जङ्गलमा भीषण आगो लागेको छ । पर्वतमा यस वर्ष करिब ७०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय पर्वतका प्रमुख मेघराज पौडेलले गर्मी बढ्दै जाँदा आगलागीका घटना पनि बढेको बताए । पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचेक्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो । जिल्लाका सबै सामुदायिक वनमा अग्नि नियन्त्रणका लागि सञ्जालसहित विभिन्न समिति गठन गरे पनि जनचेतना र आगलागीबाट हुने दीर्घकालीन असरका बारेमा पर्याप्त जानकारी नहुँदा हरेक वर्ष डढेलोको प्रकोप फैलिने गरेको छ ।

मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ । गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । कार्यालय प्रमुख पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनहरुको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँगको समन्वयमा आगलागी हुनेबित्तिकै निभाउन जाने गरिएको बताए।

पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई समेत तीव्रता दिएको जनाएको छ । मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ । वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापलाई अपराधका रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies