सिराहा । शिक्षा ऐन तथा नियमावलीविपरीत शिक्षकको सरुवा गरेको भन्दै शिक्षकसँग सम्बद्ध सङ्घसङ्गठनले लहान नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । नगरपालिकाले शिक्षा नियमावली र ऐनविपरीत १३२ शिक्षकको सरुवा गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घसङ्गठनले माग गरेका हुन् । तत्काल सरुवाको निर्णय फिर्ता नलिए पठनपाठन अवरुद्ध गर्ने चेतावनीसमेत दिइएको छ ।
नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्घ, सङ्घीय समाजवादी शिक्षक फोरमले संयुक्तरूपमा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै ऐन, नियमविपरीत भएको शिक्षक सरुवाको निर्णय फिर्ता लिन माग गरेका छन् । निर्णय फिर्ता नलिए वैशाख २२ गतेदेखि नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक शैक्षिक संस्था बन्द गरिने चेतावनी दिइएको छ ।
शिक्षा ऐन २०२८ को दफा १६ (ज) र शिक्षा नियमावलीको नियम ९९ बमोजिम शिक्षकहरूलाई सरुवा गर्ने अधिकार हालको अवस्थामा शिक्षा विकास तथा समन्वय एकाइमा रहेको, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११,२ (ज) मा आधारभूत र माध्यमिक शिक्षकलाई सरुवा गर्ने अधिकार नभए पनि नगरपालिकाले सरुवा गरेको शिक्षक सङ्घसङ्गठनको भनाइ छ ।
नगरपालिकाले चैत १३ गते १३ जनाबाट शुरु भएको सरुवा प्रक्रिया वैशाख १२ गतेसम्म आइपुग्दा १३२ जनाको सरुवा भएको जनाइएको छ । जसमध्ये पाँच राहत कोटाको शिक्षक र तीन महिनापछि सेवा अवकाश शिक्षकसमेत रहेको नेपाल शिक्षक सङ्घका अरविन्दकुमार दासले जानकारी दिनुभयो । आफूहरू अन्यायमा परेको भन्दै नगरपालिकाले गरेको सरुवा फिर्ता लिन तथा न्यायिक छानबिनका लागि उक्त सङ्घसङ्गठनले माग गरेका छन् ।
लहान नगर क्षेत्रभित्र ५९ सामुदायिक विद्यालय छन् । जसमध्ये मावि आठ र ५१ वटा आधारभूत आधारभूत विद्यालय छन् । ती विद्यालयमा नगरले २०७७ वैशाखदेखि हालसम्म तलबबाहेका कुनै पनि रकम पठाएका छैनन् । यता लहान नगरपालिकाका शिक्षा संयोजक राजकुमार साहले नगरपालिकाको अधिकार प्रयोग गरेर शिक्षक सरुवा गरेको जिकिर गरे।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: