Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

नेकपा फुटाएका ओलीकै कारण एमाले पनि 'फुट्‍दै'

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले फुटको संघारमा छ । आन्तरिक विवाद झाँगिएको एमालेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूह र झलनाथ खनाल-माधवकुमार समूहबीच पानी बाराबारको स्थिति छ ।

पार्टीभित्र एकलौटी गरेर नेकपा फुटाएका ओलीकै कारण एमाले पनि फुट्‍ने निश्‍चित छ । एमालेभित्रकै विवाद मिलाउन नसकेका ओलीले सोमबार मात्रै बैशाख २७ गते प्रधानमन्त्रीमा विश्वासको मत लिने टुंगो लगाए । सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते संसद्‌ बैठक आव्हान पनि गरिसकेकी छन् ।

विश्वासको मत लिन प्रधानमन्त्री ओलीले सोचे जस्तो सजिलो छैन । अहिलेसम्म जनता समाजवादीको महन्थ ठाकूर समूहले ओलीलाई विश्वासको मत दिनेछ भने उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले ओलीलाई मत दिने छैनन् । अरु दलको त कुरौँ छाडौँ ओलीलाई एमालेकै खनाल-नेपाल समूहले पनि मत नदिने निश्चित भइसकेको छ ।

पुस ५ गते संसद् विघटन गरेदेखि यता खनाल-नेपाल समूह ओलीसँग रुष्ट छ । पछिल्लो समय २०७५ जेठ २ गतेकै अवस्थामा एमाले फर्किनुपर्ने खनाल-नेपाल समूहको अडानलाई ओलीले मानेका छैनन् । बैशाख २७ गतेभित्रै आफुहरूले कुनै निर्णय लिने खनाल-नेपाल समूहको तयारी छ ।

अब सुनौँ खनाल-नेपाल समूहका नेताका कुरा
खनाल-नेपाल समूहमा अहिले अब के गर्ने भन्‍नेबारे विभिन्‍न ढंगले आन्तरिक छलफल चलिरहेको छ । ओलीलाई सहयोग गर्ने कि नगर्ने ? बैशाख २७ गते अघि आफू निकट सांसदहरूले राजीनामा दिने कि 'फ्‍लोर क्रस' गर्ने ? मुख्यत यी तीन विषयमा खनाल-नेपाल समूहका नेताहरू अनौपचारिक रुपमा छलफल गरिरहेका छन् ।

'विधि र विधान नमान्‍नेलाई किन सहयोग गर्ने भन्‍ने कतिपय साथीहरूको कुरा छ' खनाल-नेपाल निकट नेता जगन्नाथ खतिवडाले खबरडबलीसँग भने 'कतिपय सांसदहरूले सामूहिक राजीनामा दिनुपर्ने पनि बताएका छन् ।' खनाल-नेपाल समूहलाई कहिले कारबाही गरेर तर्साउँछन् त कहिले पार्टीबाट निष्कासन गर्छु भन्‍दै तर्साउनेलाई कुनै हालतमा विश्वासको मत दिन नहुने नेताहरूबीच अनौपचारिक कुरा पनि भएको छ । 'ठाउँ-ठाउँमा सामूहिक राजीनामा दिने अभ्यास पनि नभएका होइनन् अनि 'फ्‍लोर क्रस' गर्ने पनि प्राक्टिस छ' खतिवडाले भने ।

नेपाल समूहकी नेतृ दिलु पन्तले ओलीलाई कुनै हालतमा विश्वासको मत नदिने दाबी गरिन् । 'ओलीलाई सहयोग त कुनै हालतमा गर्दैनौँ' पन्तले खबरडबलीसँग भनिन् 'कि सांसदहरूको सामूहिक राजीनामा हुन्छ कि 'फ्लोर क्रस' हुन्छ ।' ओलीले पार्टीको नाममा मनलाग्दी गरेकाले अत्याचार नसहने उनले बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending