काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले फुटको संघारमा छ । आन्तरिक विवाद झाँगिएको एमालेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली समूह र झलनाथ खनाल-माधवकुमार समूहबीच पानी बाराबारको स्थिति छ ।
पार्टीभित्र एकलौटी गरेर नेकपा फुटाएका ओलीकै कारण एमाले पनि फुट्ने निश्चित छ । एमालेभित्रकै विवाद मिलाउन नसकेका ओलीले सोमबार मात्रै बैशाख २७ गते प्रधानमन्त्रीमा विश्वासको मत लिने टुंगो लगाए । सरकारले सिफारिस गरेलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते संसद् बैठक आव्हान पनि गरिसकेकी छन् ।
विश्वासको मत लिन प्रधानमन्त्री ओलीले सोचे जस्तो सजिलो छैन । अहिलेसम्म जनता समाजवादीको महन्थ ठाकूर समूहले ओलीलाई विश्वासको मत दिनेछ भने उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले ओलीलाई मत दिने छैनन् । अरु दलको त कुरौँ छाडौँ ओलीलाई एमालेकै खनाल-नेपाल समूहले पनि मत नदिने निश्चित भइसकेको छ ।
पुस ५ गते संसद् विघटन गरेदेखि यता खनाल-नेपाल समूह ओलीसँग रुष्ट छ । पछिल्लो समय २०७५ जेठ २ गतेकै अवस्थामा एमाले फर्किनुपर्ने खनाल-नेपाल समूहको अडानलाई ओलीले मानेका छैनन् । बैशाख २७ गतेभित्रै आफुहरूले कुनै निर्णय लिने खनाल-नेपाल समूहको तयारी छ ।
अब सुनौँ खनाल-नेपाल समूहका नेताका कुरा
खनाल-नेपाल समूहमा अहिले अब के गर्ने भन्नेबारे विभिन्न ढंगले आन्तरिक छलफल चलिरहेको छ । ओलीलाई सहयोग गर्ने कि नगर्ने ? बैशाख २७ गते अघि आफू निकट सांसदहरूले राजीनामा दिने कि 'फ्लोर क्रस' गर्ने ? मुख्यत यी तीन विषयमा खनाल-नेपाल समूहका नेताहरू अनौपचारिक रुपमा छलफल गरिरहेका छन् ।
'विधि र विधान नमान्नेलाई किन सहयोग गर्ने भन्ने कतिपय साथीहरूको कुरा छ' खनाल-नेपाल निकट नेता जगन्नाथ खतिवडाले खबरडबलीसँग भने 'कतिपय सांसदहरूले सामूहिक राजीनामा दिनुपर्ने पनि बताएका छन् ।' खनाल-नेपाल समूहलाई कहिले कारबाही गरेर तर्साउँछन् त कहिले पार्टीबाट निष्कासन गर्छु भन्दै तर्साउनेलाई कुनै हालतमा विश्वासको मत दिन नहुने नेताहरूबीच अनौपचारिक कुरा पनि भएको छ । 'ठाउँ-ठाउँमा सामूहिक राजीनामा दिने अभ्यास पनि नभएका होइनन् अनि 'फ्लोर क्रस' गर्ने पनि प्राक्टिस छ' खतिवडाले भने ।
नेपाल समूहकी नेतृ दिलु पन्तले ओलीलाई कुनै हालतमा विश्वासको मत नदिने दाबी गरिन् । 'ओलीलाई सहयोग त कुनै हालतमा गर्दैनौँ' पन्तले खबरडबलीसँग भनिन् 'कि सांसदहरूको सामूहिक राजीनामा हुन्छ कि 'फ्लोर क्रस' हुन्छ ।' ओलीले पार्टीको नाममा मनलाग्दी गरेकाले अत्याचार नसहने उनले बताइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: