झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमन गरेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न आएका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँगको छलफलमा उनले कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको बताउनुभयो । उहाँले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन र होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन निर्देशन दिए।
छलफलमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती र जिल्लास्थित सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । मन्त्री कार्कीले सीमा नाकाको निरीक्षण गरी कोभिड–१९ नियन्त्रण अभियानमा कुनै कसुर बाँकी नराखी साधन, स्रोत र जनशक्ति परिचालन गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको जिसस प्रमुख पोर्तेलले जानकारी दिए ।
काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा मन्त्री कार्कीले सोधपुछ गरेको पोर्तेलले बताए । नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - ०९:१४
बैतडी । बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फर...
पौष २४ गते, २०८२ - ०९:१०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका छन्। उनले काठमाडौंमा ...
पौष २४ गते, २०८२ - ०८:५५
काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले ११४ दिनपछि पदबाट राजीनामा दिएका छन्। घिसिङले ...
पौष २४ गते, २०८२ - ०८:०५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ। सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...
पौष २४ गते, २०८२ - ०७:५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...
पौष २४ गते, २०८२ - ०७:४५
काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...
पौष २४ गते, २०८२ - ०७:४०
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...
पौष २४ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...
पौष २४ गते, २०८२ - ०७:१३
काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...
पौष २३ गते, २०८२ - ०९:१०
गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...




प्रतिकृया लेख्नुहोस्: