विश्वासको मतभित्र गंभिर षड्यन्त्र छ । उहाँको नियत ठीक भएको भए चालु अधिवेशन अन्त्य गरेपछि नियमित अधिवेशन बोलाउन सक्नु हुन्थ्यो
पहिलो कुरा प्रधानमन्त्रीले पुस ५ गते जुन उदेश्यले संसद विघटन गर्नुभयो, त्यसका धेरै कारण छन् । यो सामन्य कुरा होइन । तर, उहाँको जुन मिसन थियो । संसद पुर्नस्थापना भएपछि उहाँको मिसनले फेल खायो । उहाँको भित्रि मिसन अझै जारी नै छ ।
संसद पुर्नस्थापना भएपछि उहाँले संसदलाई बाधककोरुपमा हेर्नु भएको छ । यसलाई कसरी हत्या गर्न सकिन्छ भन्ने प्रपञ्चमा उहाँ निरन्तर लागि रहनुभएको छ । त्यसको लागि उहाँले अनेक विकल्प खोजी गर्नुको साथै षड्यन्त्रको तानाबाना बुनिरहनुभएको छ । उहाँ यस संसदलाई कुनै न कुनै रुपले विघटन गरी मध्यावधिमा जान खोजिरहनु भएको छ ।
विश्वासको मतभित्र गंभिर षड्यन्त्र छ । उहाँको नियत ठीक भएको भए चालु अधिवेशन अन्त्य गरेपछि नियमित अधिवेशन बोलाउन सक्नु हुन्थ्यो । तर, नियमित अधिवेशन छलेर विशेष अधिवेशन बोलाउनु भएको छ । त्यो अधिकार प्रधानमन्त्री ओली र राष्ट्रपतिलाई कसले दियो ? प्रधानमन्त्रीले विशेष अधिवेशन बोलाउने व्यवस्था संविधानमा कहाँ छ ? विशेष अधिवेशन बोलाउने अधिकार संविधानमा २५ प्रतिशत सांसदलाई मात्र दिएको छ ।
उहाँ कम्युनिष्ट आदर्श र सिद्धान्तलाई त्यागेर सीता रामको बाटोमा हिड्न थाल्नुभयो । उहाँ एकदमै उल्टो बाटो हिड्नुभएको छ । यो संसद कसरी हुन्छ छिटो गइदियोस भन्ने उहाँको खेल हो । आफैले हत्या गरेको संसदबाट विश्वासको मत लिन्छु भन्ने उहाँमा कुनै अधिकार छैन । उहाँमा ‘म जे गर्छु त्यहि कानून हो’ भन्ने दम्भ छ ।
प्रधानमन्त्रीले देशलाई थप संकटमा धकेल्न खोज्नुभएको छ । हामी त्यसमा गम्भिर समिक्षा गरेर जसरी हुन्छ दुर्घटनाबाट मुलुकलाई बचाउन भूमिका निर्वाह गर्छौ । के गर्दा मुलुक र जनतालाई हित हुन्छ ? त्यसमा हामी लाग्छौं । संसद जिवित राख्न, लोकतन्त्र बचाउन, थप राजनीतिक दुर्घटनाबाट मुलुकमा स्थिरता कायम राख्न जस्तोसुकै मुल्य चुकाउन हामी तयार छौं । आवश्यकता अनुसार संसदमा निर्णायक भूमिका निर्वाह गर्ने छौं ।
(ज्ञावली नेकपा एमालेका नेता हुन्)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: