Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपाल समूहको निष्कर्ष : सामूहिक राजीनामा नै अन्तिम विकल्प

खबरडबली संवाददाता

काठमाडौँ । सत्तारुढ नेकपा एमाले फुटको संघारमा छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधा र विधान मिचेर आफुहरुलाई पेलेको भन्दै उनीप्रति झलनाथ खनाल-माधव नेपाल समूह रुष्ट छ ।

पार्टीभित्रै विवाद तीब्र रुपले झाँग्‍गिएको अव्था ओलीले २७ गते विश्वासको मत लिने भन्दै संसद्‌को विशेष अधिवेशन आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरे । सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले संसद् बैठक आह्वान गरिन् । त्यसपछि एमालेभित्र विवादले अर्को रुप लियो ।

अहिले सबैलाई चासो छ २७ गते खनाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ला कि नगर्ला ? तर उक्त समूहभित्र ओलीलाई सहयोग गर्न नहुने सबैको एकै स्वर छ । ओलीलाई सहयोग नगर्ने भए अब कसरी अगाडि बढ्‍ने त ? उक्त समूहभित्र यो प्रश्‍न निकै उठ्‍ने गर्छ । तर अहिलेसम्म ओलीलाई कसरी असहयोग गर्ने भन्‍ने खनाल-नेपाल समूहले औपचारिक निर्णय नगरे पनि अधिकांशको माग छ 'अब सांसदहरूले सामूहिक राजीनामा दिने' । तर कतिपयले 'फ्लोर क्रस' गर्ने पनि बताइरहँदा उक्त समूहले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेको छ ।

ओलीले राजनीतिलाई गलत दिशामा लगेको उक्त समूहको आरोप छ । 'हामीभित्र अब कसरी जाने भन्‍ने छलफल जारी छ' खनाल-नेपाल समूह निकट सांसद घनश्याम भुसालले भने 'सम्भवत २५ गतेभित्रै हामी हाम्रो धारणा सार्वजनिक गर्छौँ ।' 'फ्लोर क्रस' भन्दा राजीनामा नै उपयुक्त विकल्प भएको धेरैको भनाइ रहेकाले राजीनामा नै अन्तिम विकल्प हुन सक्‍ने भुसालले बताए । यदी ओलीलाई सहयोग गरेर गए पनि भोलिपल्टैदेखि कारबाही गर्न सक्‍ने उक्त समूहले बताएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

नेपाल प्रहरीका चार डीआईजी सरुवा

काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीको सरुवा गरिएको छ।  गृह मन्त्रालयले विवादमा मुछिएका र कार्यसम्पादनमा कमजोर भएका दुई डीआईजीलाई काठमाडौँ तानेको ...

चिया पिउँदा यी खानेकुरासँग सावधान, बढ्न सक्छ पाचन समस्या

काठमाडौँ । चिया केवल पेय पदार्थ मात्र होइन, धेरैको दैनिक जीवनको अभिन्न हिस्सा हो। बिहानको सुरुवातदेखि साँझको थकान मेट्नसम्म चिया धेरैको रोजाइमा पर्छ। ...

सिरहाका विद्यालयको चुनौती : उत्कृष्ट विद्यार्थी किन रोज्छन् काठमाडौं र विराटनगर ?

सिरहा । जिल्लामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगेको भए पनि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई जिल्लामै अध्ययनका लागि ...

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालन गरिने

काठमाडौं ।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ। यसबाट नदी तथा खोलामा ...

महाधिवेशनअघि रास्वपामा गुटको महाभिडन्त

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी स्थापनाको चार वर्ष नपुग्दै गुट, उपगुट र नेतृत्व संघर्षको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending