काठमाडौँ । सत्तारुढ नेकपा एमाले फुटको संघारमा छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधा र विधान मिचेर आफुहरुलाई पेलेको भन्दै उनीप्रति झलनाथ खनाल-माधव नेपाल समूह रुष्ट छ ।
पार्टीभित्रै विवाद तीब्र रुपले झाँग्गिएको अव्था ओलीले २७ गते विश्वासको मत लिने भन्दै संसद्को विशेष अधिवेशन आव्हान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरे । सिफारिस लगत्तै राष्ट्रपति भण्डारीले संसद् बैठक आह्वान गरिन् । त्यसपछि एमालेभित्र विवादले अर्को रुप लियो ।
अहिले सबैलाई चासो छ २७ गते खनाल-नेपाल समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ला कि नगर्ला ? तर उक्त समूहभित्र ओलीलाई सहयोग गर्न नहुने सबैको एकै स्वर छ । ओलीलाई सहयोग नगर्ने भए अब कसरी अगाडि बढ्ने त ? उक्त समूहभित्र यो प्रश्न निकै उठ्ने गर्छ । तर अहिलेसम्म ओलीलाई कसरी असहयोग गर्ने भन्ने खनाल-नेपाल समूहले औपचारिक निर्णय नगरे पनि अधिकांशको माग छ 'अब सांसदहरूले सामूहिक राजीनामा दिने' । तर कतिपयले 'फ्लोर क्रस' गर्ने पनि बताइरहँदा उक्त समूहले सामूहिक रुपमा राजीनामा दिने तयारी गरेको छ ।
ओलीले राजनीतिलाई गलत दिशामा लगेको उक्त समूहको आरोप छ । 'हामीभित्र अब कसरी जाने भन्ने छलफल जारी छ' खनाल-नेपाल समूह निकट सांसद घनश्याम भुसालले भने 'सम्भवत २५ गतेभित्रै हामी हाम्रो धारणा सार्वजनिक गर्छौँ ।' 'फ्लोर क्रस' भन्दा राजीनामा नै उपयुक्त विकल्प भएको धेरैको भनाइ रहेकाले राजीनामा नै अन्तिम विकल्प हुन सक्ने भुसालले बताए । यदी ओलीलाई सहयोग गरेर गए पनि भोलिपल्टैदेखि कारबाही गर्न सक्ने उक्त समूहले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: