काठमाडौं । वसन्त यामको सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथाको चुचुरामा पुगेको आरोही समूह आज सगरमाथाको आधार शिविर आइपुगेको छ ।
सगरमाथाको चुचुरामा डोरी टाँग्न शुक्रबार साँझ ६ः०० बजे शिखर पुगेको कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोही समूह आज मध्याह्न आधार शिविर आइपुगेको हो ।
सगरमाथाको चुचुरासम्म बाटो बनाएर फर्किएको आरोही समूहलाई आधार शिविरमा स्वागत गरिएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार अहिले सगरमाथा आरोहणका लागि अनुकूल मौसम रहेकाले अधिकांश आरोही आधार शिविरमाथितिर लागेका छन् ।
आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली छ । विशिष्ट विदेशी पाहुनाको यो आरोहणलाई निकै महत्वका साथ लिइएको छ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कूलबहादुर गुरुङले सगरमाथाको विशिष्ट पाहुनाबाट हुन लागेको आरोहणले विश्वभर सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
डोरी टाँग्ने समूहपछि पहिलो आरोहण बहराइनको टोलीले गर्न लागेको जनाइएको छ । बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १६ जनाको टोली आरोहणमा निस्किएको हो । आरोहणमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ११ गते, २०७९ - ०८:१०
गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्...
आषाढ़ ११ गते, २०७९ - ०८:०८
मेलम्ची । गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ । बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासक...
आषाढ़ ११ गते, २०७९ - ०७:५७
युक्रेनी फौजलाई पूर्वी शहर सेभेरोडोनेट्स्कबाट पछाडि हट्ने आदेश दिइएको त्यस क्षेत्रका मुख्य अधिकारीहरूले बताएका छन्। रुसी फौजले लुहान्स्क क्षेत्रलाई...
आषाढ़ ७ गते, २०७९ - ११:५३
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा वागमति प्रदेशका सांसद जगत सिंखडाले एक विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य घट...
आषाढ़ ७ गते, २०७९ - १०:४९
काठमाडाैं । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा ९...
आषाढ़ २ गते, २०७९ - ११:०१
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अमेरिकाले अघि सारेको स्टेट पार्टनरशीप कार्यक्रममा कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारेका छन...
जेष्ठ २८ गते, २०७९ - ०९:३६
काठमाडाैं । आज पनिदेशका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमानले महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १ र मधेस प्रदेशका एक दुई स...
जेष्ठ २८ गते, २०७९ - ०९:१५
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो खेल खेल्दैछ । ...
जेष्ठ २८ गते, २०७९ - ०८:४४
काठमाडौं । अमेरिका प्रवेश गर्न अब कोभिड–१९ परीक्षण नेगेटिभ भएको प्रमाण पेश गर्नुनपर्ने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको युद्धमा उल्लेखनीय प...
जेष्ठ २४ गते, २०७९ - ०८:३९
काठमाडौं । शहरी विकास मन्त्रालयले पहल लिएपछि काठमाडौंको फोहोर विसर्जन विवादमा सहमति जुटेको छ । सोमबार राती शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपाल...
प्रतिकृया लेख्नुहोस्: