Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

कोरोना कहर : कैलालीमा ६ र बाँकेमा ५ जना कोरोना संक्रमितको मृत्यु

खबरडबली संवाददाता

काठमाडाैं । बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी ४ जना पुरुष र एक जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले बताएका छन् । मृत्यु हुनेहरूमध्ये बाँकेका ३ जना, कैलालीका एक जना र दाङका एक जना छन् ।

-मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का ७३ पुरुष वैशाख २१ गते कोरोना सं‌क्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार राति ८ बजे ज्यान गएको हो ।

-त्यस्तै, भेरी अस्पतालमा नै उपचाररत ५३ वर्षीया महिलाको मृत्यु भएको छ । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएकी उनलाई १६ गते नै भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान साढे २ बजे निधन भएको अस्पतालले जनाएको छ ।

-लम्की चुहा १ का ४३ वर्षीय पुरुषको पनि आइतबार बिहान नै नेपालगञ्ज मेडिकल कलेजमा निधन भएको छ । उनको वैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि २० गते नै अस्पताल भर्ना गरिएको थियो ।

-उता, तुलसीपुर ६ दाङ्गsf ४१ वर्षीय पुरुषको पनि आइतबार निधन भएको छ । वैशाख १२ गते कोरोना संक्रमण भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि २२ वैशाखमा अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान २ बजे निधन भएको हो ।

-नेपालगञ्ज उमनपा ११ का ४३ वर्षीय पुरुषको आइतबार बिहान ६ बजेतिर निधन भएको छ । वैशाख १८ मा कोरोना संक्रमण पुष्टि भएका उनलाई २१ वैशाखमा अस्पताल भर्ना गरिएको थियो ।

-कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

-सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले जानकारी दिए ।

-टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको जोशीले बताए । धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए । यसअघि शनिबार नै कैलालीमा ९ जना संक्रमितको मृत्युु भएको थियो ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies