काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने कुनै आधार नभएको भन्दै पदबाट राजिनामा दिन सूझाव दिएका छन् ।
प्रतिनिधि सभाको विशेष अधिवेशनलाई संम्बोधन गर्दै उनले भने, ‘संसद पुर्नस्थापना भएको समयमा प्रधानमन्त्रीबाट राजिनामा दिन सूझाव दिएको थिएँ । तर मान्नु भएन । अझै पनि मेरो प्रधानमन्त्रीलाई सूझाव छ । पदबाट राजिनामा दिनोस । लोकतान्त्रिक पद्धति र संवैधानिक व्यवस्था अनुसार उचित हुन्छ ।’
ओलीलाई प्रधानमन्त्रीकोरुपमा प्रस्ताव गर्ने पनि आफै भएको र कम्युनिष्ट एकताको प्रस्ताव पनि आफैले राखेको भन्दै तीन वर्ष नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्था किन सिर्जना भयो भनि प्रश्न गरेका छन् ।
‘प्रधानमन्त्री ज्यूले छातिमा हात राखेर भन्नोस यदाकता मलाई राष्ट्रिय समस्याकोरुपमा चित्रण गर्नुभएको छ । राष्ट्रिय समस्या तपाईं हो कि म हो बहस गर्न चाहन्छु’, प्रचण्डले भने, संविधानलाई प्रधानमन्त्रीले कोरोना लागेको जस्तै बनाउनु भएको छ । चिथोरचाथोर गर्नु भएको मानौं संविधान आइसीयुमा पुगेको छ ।’
प्रधानमन्त्री ओलीले दलभित्रको विवादलाई देखाएर संसद विघटन गर्न नपाउने भन्दै संविधानमै नभएको व्यवस्थामा टेकेर संसदाई मार्न खोजेको आरोप लगाए । उनले भने, ‘तपाईंले अहिले पनि संसदीय प्रक्रियामा मत मागेको पनि तर्क संगत लागेको छैन । धेरैको प्रश्न छ, प्रधानमन्त्रीले कतै संसद विघटन गर्न खोजेको त होइन भन्ने आशंका व्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाएको पनि ठीक नभएको भन्दै संसदीय मुल्य मान्यता विपरित संसद बोलाउनुको पछाडि प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठेको आरोप लगाए ।
प्रतिकृया लेख्नुहोस्: