Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

प्रधानमन्त्रीलाई प्रचण्डको सूझाव : तपाईंमाथि संसदको विश्वास छैन, पदबाट राजिनामा दिनोस 

खबरडबली संवाददाता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने कुनै आधार नभएको भन्दै पदबाट राजिनामा दिन सूझाव दिएका छन् ।

प्रतिनिधि सभाको विशेष अधिवेशनलाई संम्बोधन गर्दै उनले भने, ‘संसद पुर्नस्थापना भएको समयमा प्रधानमन्त्रीबाट राजिनामा दिन सूझाव दिएको थिएँ । तर मान्नु भएन । अझै पनि मेरो प्रधानमन्त्रीलाई सूझाव छ । पदबाट राजिनामा दिनोस । लोकतान्त्रिक पद्धति र संवैधानिक व्यवस्था अनुसार उचित हुन्छ ।’ 

ओलीलाई प्रधानमन्त्रीकोरुपमा प्रस्ताव गर्ने पनि आफै भएको र कम्युनिष्ट एकताको प्रस्ताव पनि आफैले राखेको भन्दै तीन वर्ष नपुग्दै प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्था किन सिर्जना भयो भनि प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्री ज्यूले छातिमा हात राखेर भन्नोस यदाकता मलाई राष्ट्रिय समस्याकोरुपमा चित्रण गर्नुभएको छ । राष्ट्रिय समस्या तपाईं हो कि म हो बहस गर्न चाहन्छु’, प्रचण्डले भने, संविधानलाई प्रधानमन्त्रीले कोरोना लागेको जस्तै बनाउनु भएको छ । चिथोरचाथोर गर्नु भएको मानौं संविधान आइसीयुमा पुगेको छ ।’

प्रधानमन्त्री ओलीले दलभित्रको विवादलाई देखाएर संसद विघटन गर्न नपाउने भन्दै संविधानमै नभएको व्यवस्थामा टेकेर संसदाई मार्न खोजेको आरोप लगाए । उनले भने, ‘तपाईंले अहिले पनि संसदीय प्रक्रियामा मत मागेको पनि तर्क संगत लागेको छैन । धेरैको प्रश्न छ, प्रधानमन्त्रीले कतै संसद विघटन गर्न खोजेको त होइन भन्ने आशंका व्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाएको पनि ठीक नभएको भन्दै संसदीय मुल्य मान्यता विपरित संसद बोलाउनुको पछाडि प्रधानमन्त्रीको नियतमाथि प्रश्न उठेको आरोप लगाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending