काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ । एक महिनामा चट्याङका कारण रु एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
यस्तै आगलागीबाट सात, जनावरको आक्रमणबाट तीन, हावाहुरीबाट एक गरी वैशाखमा ३२ जनाको ज्यान गएको छ । सबै घटनामा परी १३८ जना घाइते भएको बताइएको छ । यसपालि वैशाखमा पानी कम परे पनि चट्याङले ठूलो क्षति गराएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए । एक महिनामा ४९९ विपद्का घटना भएको छ ।
सबै घटनाबाट रु ३३ करोड ७८ लाखको भौतिक तथा आर्थिक क्षति भएको जनाइएको छ । अहिले प्रिमनसुनका समयमा हावाहुरी र चट्याङका घटना बढी हुने मौसमविद्ले जनाएका छन् । चट्याङकै कारण आगलागी हुँदा नजानिँदो रुपमा ठूलो धनजनको क्षति भइरहेको छ । तथ्याङ्कले बाढी र पहिराको हाराहारीमै आगलागी र चट्याङले क्षति पुर्याइरहेको देखाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...
चैत्र ४ गते, २०८२ - २१:१०
काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...
चैत्र ४ गते, २०८२ - २१:०७
काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...
चैत्र ४ गते, २०८२ - २१:०३
काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...
चैत्र ४ गते, २०८२ - २०:४०
सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...
चैत्र ४ गते, २०८२ - २०:२३
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...
चैत्र ४ गते, २०८२ - २०:२०
बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...


प्रतिकृया लेख्नुहोस्: