Khabar Dabali ११ जेष्ठ २०८३ सोमबार | 25th May, 2026 Mon
Investment bank

कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने

रासस

काभ्रे । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन गरिने भएको छ । काभ्रेपलाञ्चोकस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले केही दिनभित्रै जिल्लामा शव व्यवस्थापन गरिने निर्णयसमेत गरेको छ ।

हाल स्थानीय तहबाट पहिचान भइआएको छ स्थानमा शव व्यवस्थापन गर्न सकिने जनाइएको छ । ‘छ स्थानमा शव व्यवस्थापन गर्न सकिने भन्दै स्थानीय तहले स्थान पहिचान गरी पठाएका छन्, सोहीअनुसार हाल कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनको अनुसार केन्द्रद्वारा स्थानीय तहलाई कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन स्थल पहिचान गरी पठाउन आग्रह गरेअनुसार सदरमुकामभन्दा टाढाका स्थानीय तहले मात्रै स्थान पहिचान गरी पठाएका छन् । 

स्थानीय तहले पहिचान गरी पठाएअनुसार पाँचखाल नगरका लागि सीमाक्षेत्र भुम्लु गाउँपालिकाबीचमा अवस्थित दोलालघाट बगर क्षेत्र, मण्डनदेउपुर नगरका लागि स्थानीय मशानेघाट क्षेत्र, लट्ठघारी वन क्षेत्र र बाँसखर्कलगायत वन क्षेत्र, चौँरी देउराली गाउँपालिकामा चिहानडाँडा, गोठपानीलगायत आठ स्थान, भुम्लु गाउँपालिकाका लागि सुनकोशी र इन्द्रावती नदीको दोभान, खानीखोला गाउँपालिकाका लागि वाग्मती घाट, रोशी गाउँपालिकाका लागि भ्याकुरे खोला र रोशी खोलीस्थित त्रिवेणीघाट पहिचान गरिएको केन्द्रले जनायो । पहिचान भएका स्थानमध्ये सदरमुकाम नजिकका स्थानमा केही तीन दिनपछि शव व्यवस्थापन थालिने प्रजिअ पोखरेलले जानकारी दिए । 

काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । सदरमुकाम अवस्थित धुलिखेल नगर, नजिकका पनौती र बनेपाले शव व्यवस्थापनबारे चासो दिएका छैनन् । केन्द्रले सुरक्षाका हिसाबले सदरमुकाम नजिक सुरक्षित स्थानमा शव व्यवस्थापन गर्न चाहेको तर स्थानीय जनप्रतिनिधि यसबारे गम्भीर नभएको जनाइएको छ । ‘सदरमुकाम नजिक स्थानीय तहका प्रमुखले सोच्छौँ भने’, पोखरेलले भने । उनका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि धुलिखेलस्थित कालीजङ्ग गणका नेपाली सेनाद्वारा काठमाडौँको पशुपतिस्थित शवदाह गृह लैजाने गरिएको छ । 

केन्द्रले दुई हप्ताअघि कोभिड–१९ को दोस्रो लहरबाट काभ्रेपलाञ्चोकमा दैनिक मृत्यु हुन थालेपछि शव व्यवस्थापनका लागि जिल्लास्थित वाग्मती प्रदेशस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरमा शववाहन मागेको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन हालसम्म नेपाली सेनाले आफ्नै व्यवस्थापनमा गर्नेगरेको र काभ्रेपलाञ्चोकमा निजीस्तर, सरकारी र स्थानीय तहमा शववाहन नभएको हुँदा प्रदेशस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरसँग शववाहन माग्ने निर्णय गरेको थियो । ‘दैनिक दुईभन्दा माथिको सङ्ख्यामा मृत्यु हुन थालेपछि जिल्लामा शववाहन नहुँदा प्रदेशमा मागेका हौँ, अब आउने भएको छ’, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार केन्द्र मातहत रहनेगरी हाललाई एक थान शववाहन मागिएको हो ।
 
पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोक तथा अन्य जिल्लाको समेत गरी सरदर दैनिक चार नागरिकको मृत्यु हने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ । दैनिक डेढ सयभन्दा बढीको सङ्ख्यामा सङ्क्रमित थपिन थालेका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा १३७, अघिल्लो दिन १७८, तथा आइतबार १९८ मा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending