Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

रासस

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् । 
आज अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ब्याक टू लाइफ’ ले प्रदेश सरकारलाई प्रदान गरेको रु एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे । 

पौडेलले महामारी क्रमशः नियन्त्रणका क्रममा रहेको जनाउँदै विभिन्न सङ्घसंस्था तथा व्यक्ति एवं स्वास्थ्यकर्मीले महामारीमा दिलोज्यानले काम गरेकामा खुशी व्यक्त गरे । 

कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले  महामारीलाई नियन्त्रण गर्न सरकारले रकम तथा जनशक्ति अभाव हुन नदिएको बताए । प्रदेश सरकारलाई जर्मनी संस्था ‘ब्याक टू लाइफ’ नामक अन्तरराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरणसहितका  विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । संस्थाले १८ थान अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरण, दुई थान हाई फ्रिक्वेन्सीका मोबाइल एक्सरे, ६० थान पल्स अक्सो मिटर,  पाँच थान सिरिन्ज पम्प, पाँच थान इन्फेशन पम्प, केएन ९५ मास्क छ हजार, सर्जिकल मास्क एक लाख, फेसशिल्ड दुई हजार ७००, पिपिई  एक हजार १००, मोनिटर ३० र इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जर्मनीको अन्तरराष्ट्रिय संस्था ब्याक टू लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय बाहुल्य चितवन तथा नुवाकोटमा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा सो संस्था कार्यरत रहेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending