हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘ब्याक टू लाइफ’ ले प्रदेश सरकारलाई प्रदान गरेको रु एक करोड ७० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले महामारी नियन्त्रण नै सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गरे ।
पौडेलले महामारी क्रमशः नियन्त्रणका क्रममा रहेको जनाउँदै विभिन्न सङ्घसंस्था तथा व्यक्ति एवं स्वास्थ्यकर्मीले महामारीमा दिलोज्यानले काम गरेकामा खुशी व्यक्त गरे ।
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले महामारीलाई नियन्त्रण गर्न सरकारले रकम तथा जनशक्ति अभाव हुन नदिएको बताए । प्रदेश सरकारलाई जर्मनी संस्था ‘ब्याक टू लाइफ’ नामक अन्तरराष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको हो । संस्थाले कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग गर्न भन्दै अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरणसहितका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित कार्यक्रममा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे । संस्थाले १८ थान अक्सिजन उत्पादन गर्ने विद्युतीय उपकरण, दुई थान हाई फ्रिक्वेन्सीका मोबाइल एक्सरे, ६० थान पल्स अक्सो मिटर, पाँच थान सिरिन्ज पम्प, पाँच थान इन्फेशन पम्प, केएन ९५ मास्क छ हजार, सर्जिकल मास्क एक लाख, फेसशिल्ड दुई हजार ७००, पिपिई एक हजार १००, मोनिटर ३० र इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
जर्मनीको अन्तरराष्ट्रिय संस्था ब्याक टू लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । प्रदेशका अति विपन्न तामाङ र चेपाङ समुदाय बाहुल्य चितवन तथा नुवाकोटमा र विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशको मुगुमा सो संस्था कार्यरत रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: