काठमाडौं । शुत्रबार मध्यराति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि कु्रद्ध बनेको विपक्षी गठबन्धनका नेताहरु सरकारको विरुद्ध कानूनी उपचारको लागि आइतबार सर्वोच्च अदालत जाने भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जना सांसदहरू सरकार विरुद्ध सर्वोच्च जाने तयारी गरेका हुन् ।
शनिबार संसद भवन नयाँ बानेश्वरमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठकले सरकारको कदम अलोकतान्त्रिक, अव्यवहारिक र अहिलेको व्यवस्थामाथिनै प्रहार गर्ने किसिमको भएको निष्कर्ष निकाल्दै सरकार विरुद्ध राजनीतिक र कानूनी लडाईं लड्ने घोषणा गरेका थिए । बैठकले बहुमतको सरकार बन्ने अवस्था हुँदा हुँदै राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा मध्यरातमा संसद विघटन गर्नु अलोकतान्त्रिक कदम भएको भन्दै विपक्षी पाँच दलका सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने तयारीमा जुटेका हुन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद विरुद्ध आइतबार कानूनी लडाईं लड्न सर्वोच्च अदालत जाने तयारी भइरहेको बताए । ‘विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरुलाई संसद भवन नयाँ बानेश्वरम नागरिकता सहित जम्मा हुन निर्देशन दिएका छौं’, महतले भने, ‘अहिले रिट निवेदनको व्यहोरा तयारी गर्ने काम भइरहेको छ । कानूनी प्रकृया पुर्याएर सकेसम्म आजै सर्वोच्च अदालत जानेछौं ।’
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित सांसदहरू सर्वोच्च जाने तयारीमा छन्।
शुक्रबार दिउँसो पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री केपी शार्मा ओलीले सरकार गठन गर्न आफुसंग बहुमत सदस्य नरहेको भन्दै हात उठाएको घोषणा गरेका थिए । विपक्षी गठबन्धनले बहुमत सदस्यको हस्ताक्षर सहित प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा शीतल निवास जान लागेको सूचना पाएपछि हतारिदै प्रधानमन्त्री ओलीले आफुसंग १५३ जनाको बहुमत रहेको दावी पेश गरेका थिए । तर, राष्ट्रपति भण्डारीले ओली र देउवा दुवैको दावी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्तिमा अस्वीकार गरेकी थिइन् । त्यस लगत्तै मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा गरी राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । कोरोना महामारीबीच वैकल्पिक व्यवस्था हुँदा हुँदै संसद विघटन गरेपछि अहिले सर्वत्र सरकारको विरोध र निन्दा भइरहेको छ ।
यसअघि पुस ५ मा प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले फागुन ११ मा प्रतिनिधि सभा व्युँताइदिएको थियो। सायद नेपालको इतिहासमा एक कार्यकालमा एउटै प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरेको पहिलो घटना हुनसक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: