पाँचथर । यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ । यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ ।
स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ । तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो ।
यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए । यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो । परीक्षण र सङ्क्रमितको सङ्ख्याका आधारमा जिल्लामा सङ्क्रमितको मृत्यु दर ०.६० प्रतिशत रहेको उनले बताए ।
कोरोनाभाइरसको सङ्क्रमण दर र मृत्यु दर सामान्य रहे पनि उपचारात्मक व्यवस्था कमजोर हुनाले यो सङ्ख्यासमेत चुनौतीपूर्ण हुने सरोकारवालाको ठम्याइ छ । जिल्लामा हालसम्म सघन उपचार कक्ष ९आसीयू० र भेन्टिलेटरको प्रबन्ध हुन सकेको छैन । जिल्ला अस्पतालमा सघन उपचार कक्ष (आसीयू), भेन्टिलेटर र अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट बजेट प्राप्त भए पनि सो कार्यमा ढिलाइ भइरहेको छ ।
सङ्क्रमितको सामान्य उपचार गर्न सक्ने हाई डिफेन्डेन्सी युनिटमा हालसम्म १० वटा शय्या छन् । जिल्लामा ११९ थान अक्सिजन सिलिण्डर रहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । गम्भीर समस्या देखिएका बिरामीलाई यहाँबाट तत्कालै रेफर गर्नुपर्ने बाध्यता छ ।
दिनहुँ सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहे पनि गम्भीर बिरामी पर्नेको सङ्ख्या न्यून छ । छयानब्बे सङ्क्रमित रहेको जिल्लाको हिलिहाङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, ‘गाउँहरुमा कोभिड–१९ सँग मिल्ने लक्षण भएका बिरामीको सङ्ख्या र सङ्क्रमितको अवस्था हेर्दा स्थिति भयावह देखिन्छ तर गम्भीर समस्या भएका बिरामी निकै न्यून हुनाले आत्तिनुपर्ने अवस्था छैन् ।’
जिल्लामा फिदिम नगरपालिकासहित हिलिहाङ र मिक्लाजुङ गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या बढी छ । सङ्क्रमणको दोस्रो लहर जिल्लामा शुरु हुँदा धेरै सङ्क्रमित देखिएका याङ्वरक र फालेलुङमा भने सङ्क्रमित थपिन छाडेको एक साता बितेको छ । यी दुई गाउँपालिका उक्त लहरको सङ्क्रमणको जालो तोड्न सफल भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: