रसुवा । रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवादिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि शुरू गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको हो ।
गत फागुन ५ गतेदेखि शुरू भएको उक्त सेवा लिनका लागि दैनिक सरदर चार÷पाँच जना आउने गरेको र हालसम्म २०० भन्दा बढी स्थानीय बासिन्दाले दाँतको उपचार सेवा पाइसकेका छन् । दन्त चिकित्सक डा कबिन मुक्तानका अनुसार दाँत दुखाइको साथसाथै भाँच्चिएका र सिमेन्ट भर्नुपर्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा आउने गरेका छन् । खर्चको जोहो गरी काठमाडौँ पुग्नु पर्ने समश्या समाधान हुनथालेको र स्थानीय स्तरमै प्रदान भएको निशुल्क सेवाले ग्रामीण विपन्न व्यक्तिलाई ठूलो राहत मिलेको नागरिक समाजले जनाएको छ ।
पर्यटकीय क्षेत्र रसुवागढी नाका समेतलाई मध्यनजर राखी निरन्तर सेवा प्रवाहका लागि हाल एक जना मात्र चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा दन्त सहायक समेतको थप जनशक्ति व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयसमक्ष पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए ।
व्यवस्थापकीय कार्यअन्तर्गत अस्पताल व्यवस्थापन समितिले एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दाको उपचारमा सहजता ल्याउन अध्यक्ष कुइँकेलको पहलमा स्वास्थ्य सेवा विभागले केही महिना अगाडि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
स्थानीयस्तरमा उपचार हुन नसकेका जटिल बिरामीलाई सुविधायुक्त अस्पतालमा रिफर गरी समयमै उपचार गराउन एम्बुलेन्स व्यवस्थापनले ठूलो मद्दत मिलेको चिकित्सकहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: