रसुवा । रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवादिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि शुरू गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको हो ।
गत फागुन ५ गतेदेखि शुरू भएको उक्त सेवा लिनका लागि दैनिक सरदर चार÷पाँच जना आउने गरेको र हालसम्म २०० भन्दा बढी स्थानीय बासिन्दाले दाँतको उपचार सेवा पाइसकेका छन् । दन्त चिकित्सक डा कबिन मुक्तानका अनुसार दाँत दुखाइको साथसाथै भाँच्चिएका र सिमेन्ट भर्नुपर्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा आउने गरेका छन् । खर्चको जोहो गरी काठमाडौँ पुग्नु पर्ने समश्या समाधान हुनथालेको र स्थानीय स्तरमै प्रदान भएको निशुल्क सेवाले ग्रामीण विपन्न व्यक्तिलाई ठूलो राहत मिलेको नागरिक समाजले जनाएको छ ।
पर्यटकीय क्षेत्र रसुवागढी नाका समेतलाई मध्यनजर राखी निरन्तर सेवा प्रवाहका लागि हाल एक जना मात्र चिकित्सक कार्यरत रहेको उक्त अस्पतालमा दन्त सहायक समेतको थप जनशक्ति व्यवस्थापन गरिदिन स्वास्थ्य मन्त्रालयसमक्ष पहल भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिए ।
व्यवस्थापकीय कार्यअन्तर्गत अस्पताल व्यवस्थापन समितिले एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दाको उपचारमा सहजता ल्याउन अध्यक्ष कुइँकेलको पहलमा स्वास्थ्य सेवा विभागले केही महिना अगाडि एउटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
स्थानीयस्तरमा उपचार हुन नसकेका जटिल बिरामीलाई सुविधायुक्त अस्पतालमा रिफर गरी समयमै उपचार गराउन एम्बुलेन्स व्यवस्थापनले ठूलो मद्दत मिलेको चिकित्सकहरूले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: