Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

माधव समूहको विद्रोहको धम्कीले वैधानिकता पाउँदैन, त्यो आत्मघाति कदम हो : मुख्यमन्त्री पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटन प्रधामन्त्री केपी शर्मा ओलीले रहरले नभइ बाध्यात्मक परिस्थिमा विघटन भएको जिकिर गरेका छन् ।

संसदमा कसैको पनि बहुमत पुग्ने अवस्था नभएको बाध्यात्मक स्थितिमा प्रधामन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम विपक्षी दलका नेता शेरबहादुर देउवाको पक्षमा बहुमत नरहेको र संसदमा बहुमत रहेको प्रधानमन्त्री आलीलाई समेत राष्ट्रपतिले प्रधानमन्त्रीमा स्वीकार नगरिएको अवस्था मध्यावधिको विकल्प नभएको भन्दै पोखरेलले सरकारको बचाउ गरेका छन् ।

उनले वैधानीकरुपमा एमाले नफुटेको र जसपाले पनि आफ्ना १२ जना सांसदलाई कारवाही गरेको पत्र प्राप्त भएको अवस्था संविधानको धारा ७६ (७) बमोजिम संसद विघट हुनुलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले विरोध गर्नु दलीय व्यवस्थाको खिलापमा रहेको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत लामो लेख सार्वजनिक गर्दै भने, ‘जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ, त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । ’

सामाजिक सञ्जाल मार्फत पोखरेलले सार्वजनिक गरेको लेखको अंश :

संविधानको धारा ७६(३)अन्र्तगतको सरकारमा जसपा तटस्थ रहनेहुदा वहुमतको सम्भावना नरहने स्थितिमा प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक नठानी मार्ग प्रशस्त गर्नु भएको अवस्थामा सम्माननीय राष्ट्रपतिवाट धारा ७६(५) अन्र्तगतको सरकार गठनका लागि प्रस्ताव माग भएको,

धारा७६(५) अन्र्तगतको सरकार वस्तुतः चुनावी सरकार हुनेभएका कारण जसपा प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वमा सरकारमा सहभागी हुन तयार भइ पार्टीको प्रथम अध्यक्ष र संसदीय दलको नेतावाट संयुक्तरुपमा  समर्थनको पत्र प्राप्त भएको,

दलको प्रतिनिधित्व दलको नेतावाट हुने संसदीय परम्परा अनुसार नेकपा(एमाले)को १२१ र जसपाको ३२ प्रतिनिधिसभाका सदस्य रहेको र उक्त संख्या प्रतिनिधिसभाको स्पष्ट वहुमत पुग्नेहुदा सम्माननीय प्रधानमन्त्रीवाट सरकारको पुनः नेतृत्वको दावी भएको,

प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले पार्टी औपचारिक रुपमा विभाजन नभएको र वैधानिक रुपमा विभाजन हुनसक्ने अवस्था समेत नरहेको स्पष्ट हुदाहुदै नेकपा(एमाले)का २६ र जसपाका १२ प्रतिनिधिसभा सदस्यको हस्ताक्षर प्रयोग गरी प्रधामन्त्रीमा दावी गर्नु भएको, दुवैपक्षवाट धारा ७६(५)को प्रकृया स्विकार गरि प्रस्ताव प्रस्तुत भएको,

दलिय हिसावले केपीशर्मा ओलीको दावी वलियो रहेको, तर उक्त प्रस्ताव अन्र्तगतका केही सदस्यहरुको समर्थन देउवाजीको प्रस्तावको पक्षमा देखिएको । देउवाजीको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका कतिपयले अर्कै प्रयोजनका लागि हस्ताक्षर गरिएको भनेर सार्वजनिक गरेको, साथै विश्वासको मतको प्रयोजनमा उक्त सबै संख्या प्रयोग हुने वैधानिक सुनिश्चितता नरहेको स्थिति,

नेकपा(एमाले र जसपाका तर्फवाट देउवाजीको समर्थनमा रहेका प्रतिनिधिसभाका सदस्यहरुलाई कार्वाही गरिने जानकारी राष्ट्रपतिलाई गराइएको अवस्थामा के कति संख्यामा कार्वाही हुने हो भन्ने कुरा एकिन नभएको स्थितिमा सम्माननीय राष्ट्रपतिवाट दुवै प्रस्ताव वहुमत पाउने सुनिश्चितता नरहेको महसुसगरी अस्विकृत भएको,

सम्माननीय राष्ट्रपतिवाट धारा७६(५) अन्तरगतको सरकार गठनका सन्दर्भमा प्रस्तुत भएका प्रस्तावहरु अस्विकृत भएको स्थितिमा धारा ७६(७) अन्र्तगतको परिस्थिति स्वतः उत्पन्न भएको,

यस्तो स्थितिमा यस पटकको प्रतिनिधिसभा विघटन सम्माननीय केपीशर्मा ओलीका कारणले नभइ धारा ७६(७)को वाध्यात्मक परिस्थितिका कारणले हुन गएको,

प्रतिनिधिसभा पुर्नस्थापित हुने सम्वैधानिक र कानुनी आधार नभएको अवस्थामा विघटित  प्रतिनिधिसभाका जिम्मेवार सदस्यहरुका तर्फवाट सर्वोच्च अदालतमा गएर दलिय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने काम भएको,
प्रतिनिधिसभा पुर्नस्थापित हुदाको अवस्थामा नेकपा(एमाले) र जसपाले देउवाजीका पक्षमा उभिएका सांसदहरुलाई कार्वाही गर्दा देउवाजीको पक्षमा वहुमत नपुग्ने अवस्था रहेको,

नेपालको संविधान दलिय प्रणालीमा आधारित रहेको र कानुनतः जननिर्वाचित प्रतिनिधिहरु पार्टी र दलको अनुशासनमा रहनुपर्ने वाध्यकारी व्यवस्था गरिएको । दल विभाजन गर्दा पार्टी र दलका ४० प्रतिसत सदस्यको समर्थन आवश्यक पर्ने वाध्यात्मक कानुनी प्रवन्ध विद्यमान रहेकोमा स्थितिमा विद्रोहले कानुनी वैधता पाउने स्थिति नरहेको,

यस्तो स्थितिमा प्रतिनिधिसभाको विघटन सम्वैधानिक र कानुनीरुपमा स्वभाविक देखिन्छ । राजनीतिक रुपमा त एउटै चुनावी घोषणापत्रवाट चुनाव लडेका र समयक्रममा पार्टी एकता गरेका शक्तिहरुको विभाजनवाट नै नयाँ जनादेश आवश्यक भइसकेको हो । मध्यावधि निर्वाचनको अपरिहार्यतालाई प्रमुखप्रतिपक्षी दलका नेताहरुले समेत  पटक पटक स्विकार गरेको देखिन्छ । कस्को नेतृत्वमा चुनाव गर्ने भन्नेकुरा आग्रहका आधारमा होइन सम्वैधानिक र कानुनी व्यवस्थाका आधारमा हुने हो । जुनकुरा केपीशर्मा ओलीको नेतृत्वको पक्षमा नै देखिन्छ ।

जहाँसम्म जिम्मेवार नेताहरुको विद्रोहको कुरा छ त्यो वैधानिक रुपमा स्थापित हुन सक्ने अवस्था होइन । राजनीतिक रुपमा त त्यो आत्मघाती कदम नै हो । नेपाली कांग्रेस जस्तो संसदीय प्रणालीको पैरवी गर्ने पार्टीले दलिय व्यवस्था र संसदीय प्रणालीका विरुद्धमा आफुलाई उभ्याउने कुरा उसकै लागि पनि लज्जाको विषय हुनुपर्ने हो ।

तर नेपाली राजनीति सत्ता विरोधी मानसिकतावाट ग्रस्त भएका कारणले विरोधको प्रवृत्ति वढ्दो क्रममा छ । विगतमा गिरिजाप्रसाद कोइराला नेतृत्वमा रहदाको समयमा पनि यस्तै परिस्थिति उत्पन्न गराइएको थियो ।तर त्यसवाट नेपाली राजनीति नै वहुआयामिक द्वन्द्वको शिकार वन्नु पर्यो । अहिले पनि त्यस्तै परिस्थिति सिर्जना गर्ने कोशिस भइरहेको छ । जनआन्दोलनको जगमा ऐतिहासिक संविधानसभावाट स्थापित संविधानको रक्षाका लागि ताजा जनादेशमा जानुको विकल्प देखिदैन । म लोकतन्त्रका लागि लडेका सबै नेताहरुलाई यस विषम परिस्थितिमा गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दछु ।
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending