काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदहरुको हस्ताक्षरलाई वेवास्ता गरी संविधाको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएपछि बहुमत भन्दा बढी सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय गएको तर राष्ट्रपति भण्डारीले त्यसलाई अस्वीकार गरी संविधान विपरित काम गरेको बताए ।
प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा राष्ट्रपति भण्डारीले पनि संविधानको उल्लंघन गरेको बताए । ‘कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो’, देउवाले भने, ‘त्यसो नगरी उनले मध्यरातमा प्रधानमन्त्रीले भनेअनुसार राष्ट्रपतिले असंवैधानिक काम गरिन् ।’
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरेको भन्दै देउवाले त्यसका विरुद्धमा एकजुट आग्रह गरे ।
यस्तै देउवाले पार्टीको महाधिवेशन भदौमा गर्न आफू तयार रहेको बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन गर्न वैकल्पिक प्रस्तावको जवाफमा देउवाले भने, ‘शेरबहादुरले महाधिवेशन गरेन भन्ने कलंक लगाउन चाहन्न । कोरोना महामारीको समयमा कसरी महाधिवेशन गर्ने भन्नेबारे सबैलाई सुझाव दिन आग्रह गर्छु । मलाई महाधिवेशन नगरी बस्नै रहर छैन ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २१ गते, २०८२ - ०९:३५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
बैशाख २१ गते, २०८२ - ०९:२४
बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर...
बैशाख २१ गते, २०८२ - ०८:५९
भक्तपुर । गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर ...
बैशाख २१ गते, २०८२ - ०८:४६
काठमाडौं । नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राज...
बैशाख २१ गते, २०८२ - ०८:४२
काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुँदैछ। गर्जुजाको शपथ ग्रहण गएको शुक्रबार नै गर्ने...
बैशाख २१ गते, २०८२ - ०८:०१
अहिले कार्टेलिङ र सिन्डिकेट नियन्त्रण गर्ने नीति सुनायो !
बैशाख २१ गते, २०८२ - ०७:५६
काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच शनिबार मन्त्रालयमा चार बुँद...
बैशाख २१ गते, २०८२ - ०७:४५
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ। नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ। विजेताहरूले आगाम...
बैशाख २१ गते, २०८२ - ०७:३५
नवलपुर । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दा...
बैशाख २१ गते, २०८२ - ०७:३१
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा...
प्रतिकृया लेख्नुहोस्: