सप्तरी । प्रहरीले चोरीको सामानसहित सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित सेनानवती विष्णुलाल धर्मशालामा बस्दै आएका १८ वर्षीय ओमप्रकाश सरदारलाई बिहीबार पक्राउ गरेको छ ।
घरको छतमा भुसको बोरामा लुकाइछिपाइ राखेको अवस्थामा रू ५६ हजार ९६५, चाँदीको ५४ तोलाका पाँच जोर गरगहना र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । सप्तरीको महादेवा गाउँपालिका–१ घर भएका सरदार सपरिवार धर्मशालामा बस्दै आएका थिए । उनले बुधबार राति घरमा कोही नभएको मौका छोपी चोरी गरेको स्वीकारेका छन् ।
सप्तरीको अग्निसाइर कृष्णसरवन गाउँपालिका–१ स्थित जण्डौलचोक बस्ने उर्मिलाकुमारी चौधरी बुधबार पुरानो घर गई बिहीबार बिहान १० बजे आफ्नो नयाँ घर आउँदा माथिल्लो तल्लाको कोठाको ताला र कोठाभित्रको दराज फुटाइएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय महुलीमा जानकारी गराएका थिए ।
सरदारलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरी गरेको स्वीकार्दै बिताइ सरदारको घरको छतमा सामान लुकाएको ठाउँ देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले बताए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार उजुरी दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८१ - ०९:२९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा काठमाडौँ गुर्खाजले टस जितेर बलिङ रोजेको छ । कीर्तिपुरस्थित त्रि...
मंसिर १९ गते, २०८१ - ०९:२१
स्थिति सामान्य, ‘नजिकबाट नियाल्दै’ बाइडन प्रशासन
मंसिर १९ गते, २०८१ - ०८:३०
टोखा छहरे सुरुङमार्ग निर्माणदेखि भैसीको मासु चीन निर्यात गर्ने सहमति
मंसिर १९ गते, २०८१ - ०८:१९
झापा । संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख...
मंसिर १९ गते, २०८१ - ०८:११
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका...
मंसिर १९ गते, २०८१ - ०८:०९
काठमाडौं । मङ्गलबार घोषणा गरिएको चार मृत्युदण्डपछि साउदी अरेबियाले सन् २०२४ मा ३०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ। यसपछि मुलुकको मृत्युदण्डको क...
मंसिर १९ गते, २०८१ - ०७:४८
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपचुनावको परिणामको विश्लेषण गर्दै जनप्रतिनिधिहरूको कार्यशैलीमा सुधारको आवश्यकता रहेको बताएका छन् । उ...
मंसिर १९ गते, २०८१ - ०७:३०
गोरखा । चार दिनदेखि सम्पर्कविहीन भएकी यहाँको बारपाक सुलिकोट गाउँपालिका–१, बारपाककी एक युवतीको शव फेला परेको छ । यही मङ्सिर १५ गते शनिबार घाँस काट्न...
मंसिर १९ गते, २०८१ - ०७:२४
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ बारेमा सम्बोधन गर्...
मंसिर १९ गते, २०८१ - ०७:२०
काठमाडौँ । आज देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ...
प्रतिकृया लेख्नुहोस्: