काठमाडौं । काठमाडौं उपत्यकामा चौंथो पटक थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । शुक्रबारबाट लागू भएको एक साता निषेधाज्ञा यसअघिको भन्दा थप कडा पारिएको छ ।
जिल्ला प्रशासन कार्यलय काठमाडौं दिएको जानकारी अनुसार निषेधाज्ञा अवधिभर किराना पसल खोल्न नपाउने, अत्यावश्यक बाहेक हिँडडुल गर्न नपाउने, मर्निङ वाक र इभिनिङ वाकमा हिँड्न प्रतिबन्ध लागाएको छ । निषेधाज्ञा सम्बन्धी नियम उल्लंघन गरेमा पैदल यात्रीदेखि व्यापारीसम्मलाई आर्थिक जरिवानासम्म गराउन सक्नेछ ।
यस अघि विहानी समयमा छुट दिदै आएका किराना पसल, तरकारी पसल, अत्यावश्यक सामाग्रिका पसल समेत यस पटक खोल्न पाइने छैन । किराना पसल समेत बन्द गर्ने निर्णयप्रति विभिन्न राजनीतिक दलहरु, सरोकारवाला र नागरिक अगुवाहरुले कोरोनाको बाहानामा सरकारले विरोधको आवाज बन्द गर्न कडा पारिएको आरोप लगाएका छन् ।
तर, उनीहरुको आरोपप्रति काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली अस्वीकार गर्दै भने, ‘कोभिड–१९ को चेनब्रेक गर्न एक साता कडा पारिनुपर्ने आवश्यक देखिएकोले शुक्रबारबाट यस अघिको भन्दा निषेधाज्ञा कडा पारिएको हो । महामारी थप जटिल हुनुभन्दा एक साता कष्ट सहेर बस्न सबैलाई आग्रह गर्दछु । यसलाई अन्यथा नलिइदिनुहोला ।’ ‘थप गरिएको निषेधाज्ञामा कसैले सूचना थाहा नपाइ खोलिएका रहेछन् भने एक पटकलाई चेतावनी दिइन्छ’, उनले भने, ‘त्यस पछि पनि अटेरी गरे कानून बमोजिम कारवाही हुन्छ ।’
किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णय गरेसँगै तीब्र आलोचना सुरु भएपछि बिहीबार काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले खाद्य सामग्री खरिदका लागि वैकल्पिक व्यवस्था गरेको थियो । उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री होम डेलिभरी दिने व्यवस्था गरेको छ ।
नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । जसमा दुई कम्पनीले बिक्री गर्ने चामल, दाल, नेल, नुनलगायत सामग्री घरघरमै पुर्याउने व्यवस्था गरिएको हो । थप गरिएको निषेधाज्ञामा पानी, दुग्ध पदार्थ बोकेको गाडी, एम्बुलेन्स लगायतका कुनै अवरोध नगरिने प्रजिअ पराजुलीले बताए ।
काठमाडौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले सरकारले हालै जारी गरेको कोभिड नियन्त्रण सम्बन्धि अध्यादेशमा भएको प्रावधान अनुसार शुक्रबारबाट थप गरिएको निषेधाज्ञा कडा बनाउने निर्णय गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: