Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छ : गृहमन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ । गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ ।  

कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दवाव आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ । 

मन्त्रालयले साझा शत्रुको रुपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ । 

यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ । यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा राज्यले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भइ छानविनको काम भइरहेको जनाएको छ। 

बाँकेलगायत सोलुखुम्बु, धनुषा, कास्की, तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा सङ्लग्नउपर कानून बमोजिम कारवाही गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, 'कोभिडका बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि हुने यस प्रकारका घटना रोक्न, दोषीलाई कानुन बमोजिम कारवाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन तथा स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।'

उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भिरताका साथ लागिरहेकाले स्वास्थ्यकर्मीलाई संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले अपिल गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending