Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा राष्ट्रपतिले दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ भनेपछि...

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौँ । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र स्वाथ्यकर्मीमाथि नेकपा एमालेका नेता/कार्यकर्ताले आक्रमण गरेपछि चौतर्फी विरोध भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरूले आक्रमणकारीमाथि कारबाही माग गर्दै विरोध जनाए ।

अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले स्वस्थ्यकर्मी र चिकित्सकमाथि आक्रमण गरेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दा पनि आक्रमण सह्य नहुने बताए । ओलीले महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई ड्युटीमा हुने सुरक्षाकर्मीमाथिको आक्रमण सरह मानिनेछ बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्नेतर्फ पनि संकेत गरेकी छन् । 'दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ,' उनले भनेकी छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा राष्ट्र प्रमुखले दुःखको बेला भावनात्मक उत्तेजना हुनसक्छ भनेर अपराधलाई सामान्यीकरण गर्ने प्रयास गरिएको भन्‍दै आलोचन सुरु भएको छ ।

'आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ' राष्ट्रपति भण्डारीले ट्‍वीट गरेकी छन् 'दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।'

 

आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक छ। दु:ख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।

— Bidya Devi Bhandari (@PresidentofNP) May 28, 2021
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोल्पामा पानी ट्यांकरले च्याप्दा महिलाको मृत्यु

रोल्पा । रोल्पाको सदरमुकाम लिवाङमा पानी ट्यांकरले च्याप्दा एक महिलाको मृत्यु भएको छ ।  रोल्पा नगरपालिका ४ खाद्य टोल नजिकै शनिबार बेलुकी पौने ८ बजेतिर ...

युवा विदेश पलायन हुँँदा जमिन बाँझै, दैलेखमा ८ हजार हेक्टर खेतीयोग्य भूमी जंगल बन्दै

दैलेख । कर्णाली प्रदेश सरकारले तीन वर्षअघि खेतीयोग्य बाँझो जग्गामा खनजोत गरी उत्पादन बढाउने किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्ने लक्ष्यअनुसार ब...

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको त्रै...

इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु

काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस  जनाको मृत्यु भएको आइतब...

सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु

काठमाडौं ।  सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ ।   “दुर्भाग्यवस उहाँ जेलको क्रूर अवस्था...

काश्मिरमा संदिग्ध विद्रोहीद्वारा भाजपाका स्थानीय नेताको हत्या

काठमाडौं । भारत प्रशासित काश्मिरमा संदिग्ध विद्रोहीले भारतीय जनता पार्टीका स्थानीय नेतालाई गोली हानी हत्या गरेको स्थानीय अधिकारीहरूले आइतबार जानकारी ग...

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

काठमाडौं ।  श्रीलङ्कामा आर्थिक सङ्कटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार मह...

अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं ।  अफगानिस्तानको उत्तरी फरयाव र पश्चिमी घोर प्रान्तमा शुक्रबार र शनिबार भएको भारी वर्षापछि आएको बाढीका कारण कम्तिमा १२० जनाको मृत्यु भएको स्थ...

सात जना लागुऔषध दुर्व्यसनीले गरेका थिए प्रहरी जवान घिमिरेको हत्या

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरी प्रभाग दरबारमार्गमा क...

काठमाडौंको पानीमा माइक्रोप्लास्टिक

काठमाडौं । काठमाडौंमा बिक्री हुने बोतल र जारको पानीमा ०.००१ देखि पाँच मिलिमिटरसम्मका माइक्रोप्लास्टिक फेला परेका छन्। हालै त्रिभुवन विश्वविद्यालयको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies