Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८२ सोमबार | 5th May, 2025 Mon
Investment bank

संसद विघटन विरुद्ध सर्वोच्चमा दायर रिटमाथिको सुनुवाइ आज पनि हुँदै

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा परेका मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। शुक्रबार प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा ५ जना संवैधानिक इजलास गठन गरेपछि प्ररम्भिक सुनुवाइ भएको थियो । रिटमाथिको बहस नसकिएपछि आज सुनुवाइ हुन लागेको हो। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यस विरुद्ध संवैधानिक इजलासमा ३० वटा रिट दर्ता भएका छन्। इजलासले एउटा रिटमा १० मिनेटसम्म बहस गर्न सकिने गरी समय दिएको छ। प्ररम्भिक सुनुवाई सकिएपछि रिटकर्ताले माग गरिएको अन्तरिम आदेश वा परमादेश जारी हुने नहुने विषयको संवैधानिक इजलासले टुंगो लगाउने छ । प्रधानन्यायशी जबराले गठन गरिएको इजलासप्रति कानून व्यवसायीहरुले प्रश्न उठाएपछि इजलासमा केहीबेर पक्ष र विपक्षबीच सवाल जवाफ भएको थियो । 

आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटका वकिल गोविन्द बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राख्न नहुने बताएका हुन्।

शुक्रबार भएको सुनुवाइका क्रममा इजलासमा उठेर बन्दीले न्यायाधीश श्रेष्ठले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई विघटन गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएका थिए। सोही कारणले न्यायाधीश श्रेष्ठ अहिले संवैधानिक इजलासमा बस्न नमिल्ने बन्दीको तर्क थियो। सरकारको कानूनी सल्लाहाकार महान्यायवक्ता रमेश बडालले  शम्भु थापा लगायतका विपक्षी गठबन्धनका कानून व्यवसायीहरुले विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई कानूनी परामर्श दिएका व्यक्तिले इजलासमा बहस गर्न नपाउने भन्दै आपक्ति जनाएका थिए ।

इसजलासमा कानून व्यवसायीहरुले न्यायधीशमाथि प्रश्न उठाएपछि प्रधानन्यायधीश जबराले न्यायधीशमाथि प्रश्न उठाउँदै जाँदा निष्कर्षमा पुग्न सकिने बताएका थिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर...

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर । गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर ...

ओलीले किन बोलाए सचिवालय बैठक ?

काठमाडौं ।  नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राज...

ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ आज

काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुँदैछ।   गर्जुजाको शपथ ग्रहण गएको शुक्रबार नै गर्ने...

सरकारले कालोबजारी रोक्ने व्यवस्था अध्यादेश ल्याएर ऐनबाटै हटायो

अहिले कार्टेलिङ र सिन्डिकेट नियन्त्रण गर्ने नीति सुनायो !

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच भएको चार बुँदे सहमतिमा के छ ?

काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच शनिबार मन्त्रालयमा चार बुँद...

आयो डीभीको नतिजा, यसरी हेनुस्

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ। नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ। विजेताहरूले आगाम...

वर्षाले नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपुर । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ ।  सडक विस्तारका क्रममा रहेको यस सडकको दा...

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा वर्षा, दिउँसो यी स्थानमा पर्दैछ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही  पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending