Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८२ सोमबार | 5th May, 2025 Mon
Investment bank

बजेटमा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता : हिमालय पदमार्गको डिपिआर बनाइने

रासस

काठमाडौं । सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक–सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । यसबाट कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रमा नयाँ उभार आउने सरकारको विश्वास छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विविधीकरण र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

सरकारले सन्दकपुर, धनुषाधाम, इनद्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादगाउँलगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गर्ने तथा मुक्तिनाथ क्षेत्रको आनी गुम्बा र कागबेनीको पिण्डस्थान पुनःनिर्माण कार्यलाई निरन्तरता दिन प्राथमिकता राखेको छ ।

यस्तै काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेसन एवं साइक्लिङ ट्रेल निर्माण गर्ने तथा फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माणलाई बजेटले प्राथमिकतामा राखेको छ । दार्चुलाबाट ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, चुरे तथा महाभारत शृङ्खलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्टलगायत शीतल आवास निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराउने विषय बजेटमा समावेश छ ।

रारा, शे–फोक्सुण्डो ताल, खप्तडलगायत प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । तल्लो डोल्पा, हुम्लाको सिमीकोट, धादिङको रुबीभ्याली, दोलखाको रोल्वालिङ, ताप्लेजुङको ओलाङचुङ्गोलालगायतका क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिनेछ भने पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा तथा उद्धारका लागि जिपिएस ट्र्याकिङसहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने सरकारले प्राथमिकता निर्धारण गरेको छ ।

बजेटमा इलामको माइपोखरी, सुनसरीको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्यार्पु ताल, कैलालीको बेहेडाबाबा ताललगायतका महत्वपूर्ण तालको संरक्षण एवं सौन्दर्य अभिवृद्धि गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्राथमिकता निर्धारण गरिएको छ ।

माउण्टेनियरिङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङलगायतका साहसिक पर्यटन प्रवद्र्धन गर्दै साहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न बजेट केन्द्रित छ ।  स्थानीय तह र निजी क्षेत्रको समन्वय एवं सहकार्यमा कृषि पर्यटन, पर्या–पर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाइ खेल पर्यटन,  शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवद्र्धन पनि बजेटमा समावेश छ ।

सिमरौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढीलगायत ऐेतिहासिक गढी–किल्लाको संरक्षण र विकास गर्ने तथा धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गर्न बजेट उपलब्ध गराइएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य (सूचीसहित)

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

२१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बेनी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी गरिएको छ । संयुक्त ऊर...

वर्षाले सूर्यविनायक–साँगा सडकमा एकतर्फी सवारी सञ्चालन

भक्तपुर । गएरातिदेखिको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक–जगाति सडकमा आवत जावत गर्न समस्या भएको छ । जिल्ला ट्राफिक प्रहरी परिसर ...

ओलीले किन बोलाए सचिवालय बैठक ?

काठमाडौं ।  नेकपा एमालेको केन्द्रिय सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो २ बजे सुरु बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राज...

ऊर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथ आज

काठमाडौं । नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुँदैछ।   गर्जुजाको शपथ ग्रहण गएको शुक्रबार नै गर्ने...

सरकारले कालोबजारी रोक्ने व्यवस्था अध्यादेश ल्याएर ऐनबाटै हटायो

अहिले कार्टेलिङ र सिन्डिकेट नियन्त्रण गर्ने नीति सुनायो !

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच भएको चार बुँदे सहमतिमा के छ ?

काठमाडौँ । सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल मेडिकल एसोसिएसनबीच शनिबार मन्त्रालयमा चार बुँद...

आयो डीभीको नतिजा, यसरी हेनुस्

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको नतिजा सार्वजनिक भएको छ। नतिजा अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा हेर्न सकिन्छ। विजेताहरूले आगाम...

वर्षाले नारायणघाट-बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध

नवलपुर । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ ।  सडक विस्तारका क्रममा रहेको यस सडकको दा...

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिदा वर्षा, दिउँसो यी स्थानमा पर्दैछ पानी

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही  पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending