काठमाडौं । सरकारले अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक–सांस्कृतिक बहुलताबाट प्राप्त पर्यटकीय सम्भावनाको उपयोग गरी नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य निर्धारण गरेको छ । यसबाट कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रमा नयाँ उभार आउने सरकारको विश्वास छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रको विविधीकरण र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।
सरकारले सन्दकपुर, धनुषाधाम, इनद्रसरोवर, पञ्चासे, निग्लिहवा, कुपिण्डे दह र भादगाउँलगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गर्ने तथा मुक्तिनाथ क्षेत्रको आनी गुम्बा र कागबेनीको पिण्डस्थान पुनःनिर्माण कार्यलाई निरन्तरता दिन प्राथमिकता राखेको छ ।
यस्तै काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग, हाइकिङ डेस्टिनेसन एवं साइक्लिङ ट्रेल निर्माण गर्ने तथा फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माणलाई बजेटले प्राथमिकतामा राखेको छ । दार्चुलाबाट ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, चुरे तथा महाभारत शृङ्खलाका सम्भाव्य स्थानमा होटल, मोटल, रिसोर्टलगायत शीतल आवास निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराउने विषय बजेटमा समावेश छ ।
रारा, शे–फोक्सुण्डो ताल, खप्तडलगायत प्राकृतिक दृष्टिले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । तल्लो डोल्पा, हुम्लाको सिमीकोट, धादिङको रुबीभ्याली, दोलखाको रोल्वालिङ, ताप्लेजुङको ओलाङचुङ्गोलालगायतका क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिनेछ भने पदयात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा तथा उद्धारका लागि जिपिएस ट्र्याकिङसहितको एकीकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने सरकारले प्राथमिकता निर्धारण गरेको छ ।
बजेटमा इलामको माइपोखरी, सुनसरीको बर्जु ताल, कपिलवस्तुको जगदीशपुर ताल, पाल्पाको सत्यवती ताल, रुकुमको स्यार्पु ताल, कैलालीको बेहेडाबाबा ताललगायतका महत्वपूर्ण तालको संरक्षण एवं सौन्दर्य अभिवृद्धि गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्राथमिकता निर्धारण गरिएको छ ।
माउण्टेनियरिङ, बन्जीजम्पिङ, रकक्लाइम्बिङ, ¥याफ्टिङ, प्याराग्लाइडिङ, जिपलाइन, कायाकिङलगायतका साहसिक पर्यटन प्रवद्र्धन गर्दै साहसिक पर्यटनका क्षेत्रमा लगानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न बजेट केन्द्रित छ । स्थानीय तह र निजी क्षेत्रको समन्वय एवं सहकार्यमा कृषि पर्यटन, पर्या–पर्यटन, हिमालयन योगा पर्यटन, उच्च उचाइ खेल पर्यटन, शैक्षिक पर्यटन र सम्मेलन पर्यटन प्रवद्र्धन पनि बजेटमा समावेश छ ।
सिमरौनगढ, मकवानपुरगढी, सिन्धुलीगढी, जितगढीलगायत ऐेतिहासिक गढी–किल्लाको संरक्षण र विकास गर्ने तथा धार्मिक–सांस्कृतिक तथा सिमसार क्षेत्रमा परिपथ निर्माण गर्न विस्तृत अध्ययन गर्न बजेट उपलब्ध गराइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: