Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

जसपामा कारबाहीको होडबाजी, ठाकुर समूहले पार्टीबाट यादवलाई निकाल्यो

खबरडबली संवाददाता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहले अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको केहीबेरमै ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको हो । ठाकुरनिकटका कार्यकारिणी सदस्य केशव झाका अनुसार बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

आज बसेको भट्टराई–यादव समूहले कार्यकारिणी बैठक बोलाएर ठाकुरसहित राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट हटाएर निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

यसैबीच जसपाको ठाकुर समूह र स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण हुने अन्तिम तयारीमा छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीकै सल्लाहअनुसार यी दुई समूहबीच एकिकरण हुने अन्तिम तयारीमा पुगेको हो । ओलीको डिजाइनअनुसार उनीहरूबीच एकिकरण हुन लागेको एक नेताले बताए ।

जसपा फुटको डिलमा पुगिरहेकै बेला दुई समूहबीच एकीकरण गरेर नयाँ दल बनाउने सहमति नजिक पुगेका हुन् । 'सहमतिको अन्तिम अवस्थामा छौँ । केही दिनभित्रै एकिकरण हुनेछ' नाम नखुलाउने सर्तमा ठाकुर समूहका एक नेताले भने 'केही समयअघि मात्रै जसपाका नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता गर्ने सम्बन्धमा सिंहदरबारमा कुराकानी भएको थियो । अहिलेसम्म छलफल सकरात्मक छ ।' 

जसपाभित्र महन्थ ठाकुर-राजेन्द्र महतो जसरी पनि ओलीलाई सहयोग गर्ने पक्षमा छन् भने उपेन्द्र यादव-डाक्टर बाबुराम भट्टराई सरकारबाट ओलीलाई जसरी पनि हटाउनै पर्ने लाइनमा छन् ।

आज मात्रै जसपाका यादव-भट्टराई समूहले अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई साधारणसदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गरेको छ । कारबाही गरेर पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा बुझाएको छ । ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ (१, २ र ३) बमोजिम हाम्रो दलको दर्ता किताबबाट नाम हटाइ अद्यावधिक गर्न अनुरोध गरिन्छ ’ अध्यक्ष यादवले निर्वाचन आयोगमा पठाएको पत्रमा भनिएको छ । निर्वाचन आयोगमा उक्त पत्र दर्ता भइसकेको छ । दर्ता नम्बर १३४१ रहेको छ । 

जसपाभित्र तिब्र विवादकैबीच भट्टराईले केही दिनअघि हात मिलाएर आ-आफ्नो बाटो लाग्‍न सुझाव दिएका थिए । 'अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो' भट्टराईले भनेका थिए 'नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिऊँ ! हातमिलाएर आ-आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !' 

कार्यकारिणी समितिमा भट्टराई–यादव समूहको बहुमत छ । जसपाभित्र केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा विवाद छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending