काठमाडौँ । कोरोना खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुरा गरेको भन्दै चर्को आलोचना भरहेको छ । नेपालमा कार्यकारी राष्ट्रपति नभइ प्रधानमन्त्री भएकाले ओली सक्रिय हुनुपर्ने आवाज एकाथरीको छ ।
यसैबीच मंगलबार परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमाले बैठकपछि नेता प्रदिप ज्ञवालीले भनेका थिए- ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्यो नि । प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’
ज्ञवाली त्यतिमा मात्रै रोकिएनन् । ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’
ज्ञवालीले त्यसो भनेलगत्तै उनलाई काउन्टर स्वरुप एमाले नेता भीम रावलले ट्वीट गरे । 'खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ?' रावलले प्रश्न गरे । रावलले भनेका छन् 'राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नू ।'
रावलले त्यति मात्रै ट्वीट गरेनन् । कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ? भन्दै अर्को प्रश्न गरे 'मुख छँदाछँदै नाकले पानी पिइन्छ र ?'
'मुख छँदाछँदै नाकले पानी पिइन्छ र ? कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ?' रावलले प्रश्न गरे 'खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ? राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नू ।'
प्रतिकृया लेख्नुहोस्: