Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रदिप ज्ञवालीलाई यस्तो छ भीम रावलको काउन्टर

खबरडबली संवाददाता

काठमाडौँ । कोरोना खोपबारे प्रधानमन्त्री केपी शर्मा ओलीले कुरा गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले कुरा गरेको भन्दै चर्को आलोचना भरहेको छ । नेपालमा कार्यकारी राष्ट्रपति नभइ प्रधानमन्त्री भएकाले ओली सक्रिय हुनुपर्ने आवाज एकाथरीको छ ।

यसैबीच मंगलबार परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा एमाले बैठकपछि नेता प्रदिप ज्ञवालीले भनेका थिए- ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा त कुराकानी हुँदैन ।’

ज्ञवाली त्यतिमा मात्रै रोकिएनन् । ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सरसम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’

ज्ञवालीले त्यसो भनेलगत्तै उनलाई काउन्टर स्वरुप एमाले नेता भीम रावलले ट्‍वीट गरे । 'खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ?' रावलले प्रश्‍न गरे । रावलले भनेका छन् 'राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नू ।'

रावलले त्यति मात्रै ट्‍वीट गरेनन् । कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ? भन्‍दै अर्को प्रश्‍न गरे 'मुख छँदाछँदै नाकले पानी पिइन्छ र ?'

'मुख छँदाछँदै नाकले पानी पिइन्छ र ? कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ ?' रावलले प्रश्‍न गरे 'खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो ? राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नू ।'

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending