बिराटनगर । प्रदेश १ सरकारले जेठ २४ गते प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
संसद छलेर अध्यादेशमार्फत बजेट ल्याउन लागेको विपक्षी दलहरुको आरोपकाबीच प्रदेश सरकारले अधिवेशन आह्वान गरेको हो । यस अघि सर्वदलीय बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरुलाई दिएका थिए।
बजेट प्रस्तुत गर्नु अघि प्रि–बजेटमाथि छलफल गर्ने यस अघिको प्रावधान यस पटक सरकारले मिचेको छ । प्रदेशको बजेट असार १ गते सार्वजनिक गर्ने प्रचलन रहेको छ । सत्ता समिकरणको खेलको दुश्चक्रमा पर्दा यसपटक ढिलो गरी बजेट अधिवेशन बोलाइएको छ ।
सत्तारुढ एमालेभित्रको विवाद र कारवाहीको श्रृंखलाले प्रदेश १ को बजेट पास हुनेमा आशंका व्यक्त गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - ०८:०३
राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित कुशाहाका पबितार पासवानले पाँच वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले तरकारीखेतीबाट परिवार...
पौष ९ गते, २०८१ - ०७:५७
तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा बास बस्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । बन्दीपुर चिसो मौसममा पर्यटकीय गन्तव्यका रूपमा मानिन्छ । यो मौसममा ...
पौष ९ गते, २०८१ - ०७:३५
काठमाडौं । भ्रष्टाचारी ठहर कांग्रेस सांसद गुरुङ संसदमै, अभियोग दर्ता मात्रै हुँदा रविलाई निलम्बन अदालतबाट भ्रष्टाचारी ठहर भएका सत्तारूढ कांग्रेस ने...
पौष ९ गते, २०८१ - ०७:२५
हुम्ला । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुक...
पौष ९ गते, २०८१ - ०७:२१
काठमाडौँ । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने जल तथा मौसम विज्ञान वि...
पौष ९ गते, २०८१ - ०७:११
खोटाङ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीर...
पौष ९ गते, २०८१ - ०७:०८
बागलुङ । बागलुङमा उत्पादित बहुगुणी फल किबी अन्य जिल्लामा खपत हुन थालेको छ । अन्य जिल्लामा किबीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला यहाँ...
पौष ९ गते, २०८१ - ०७:०२
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्...
पौष ९ गते, २०८१ - ०७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकले केही हेरफेर गर्दै आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलरको मू...
पौष ८ गते, २०८१ - ०९:३३
जीबी राईलाई सरकारले पक्राउ गर्न नसकेको कि नचाहेको ?
प्रतिकृया लेख्नुहोस्: