Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिदै

खबरडबली संवाददाता

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने प्रस्ताव राख्दैछन्।   

नेकपा एमालेको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका भट्टलाई जेठ १० गते बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिएपछि उनले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव गरेका हुन् ।

०७४ मा एमाले र माओवादीबीच भागबण्डा गर्दा सुदूरपश्चिम माओवादी केन्द्रलाई परेको थियो । ५२ सदस्यीय प्रदेश सभामा भट्टले विश्वासको मत प्राप्त गर्न बहुमत २७ मत आवश्य पर्छ । भट्टले विश्वासको मत पाउन १३ सिट रहेको कांग्रेस र २ सिट रहेको जसपा दुवैको समर्थन आवश्यक छ ।

अहिलेसम्म सुदूरपश्चि कांग्रेसले पक्ष वा विपक्षमा कुनै निर्णय गरिसकेको छैन भने जसपा आन्तरिक विवादको कारण अन्योलमा छ । यस्तो अवस्थामा भट्टले विश्वासको मत प्राप्त गर्न एमालेभित्रकै माधव  समूहको भर पर्नुपर्ने अवस्था रहेको छ ।

यस अघि बैशाखको पहिलो साता कर्णालीमा एमालेले फ्लोर क्रस गरी माओवादी केन्द्र तर्फका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जिताएका थिए । त्यही अवस्था सुदूरपश्चिमा दोहोरिए मुख्यमन्त्री भट्ट पदमा निरन्तरता पाउने सम्भावना रहेको छ । सुदूरपश्चिको सबैभन्दा ठुलो दल एमालेमा सभामुख सहित २५ सदस्य रहेको छ । सभामुख बाहेक २४ सदस्यमा १५ जना माधव समूहका रहेका छन् । ९ जना ओली पक्षका रहेका छन् । 

तर, उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले निर्देशन जारी गरेको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ।

एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुख्यमन्त्री भट्टको पक्षमा उभिन एमाले नेता माधव नेपाल र कांग्रेस सभापति देउवासंग आग्रह गरेका छन् । सोमबार प्रचण्डले दुवै नेताका निवासमा पुगेर सहकार्य गर्न प्रस्ताव राखेका थिए । 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending