Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

क्यान्सर संस्थानको नाममा स्थापित स्वास्थ्य प्रतिष्ठानमाथिको अतिक्रमण अस्वीकार्य : नेपाली कांग्रेस

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले क्यान्सर संस्थानको नाममा सरकारले स्थापित स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमणको नियत अस्वीकार्य भएको भन्दै तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । 

बुधबार कांग्रेसले एक विज्ञप्ति जारी गर्दै बजेटमा सरकारले ल्याएको क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने नियत अस्वीकार्य भएको जनाएको छ । सरकारको नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारी रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ । 

क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप ब्यवस्थित, प्रोत्साहित र बढावा दिन जरुरी भएको भन्दै त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठानहरु हाम्रो भरपर्दो आधार हुने उल्लेख छ ।  कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पतालहरु देशमा विद्यामान रहेकोमा समयानुकूल तिनको क्षमता विस्तार गर्ने र ती मार्फत नविन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको बताएको छ ।  


‘सक्षम प्रतिष्ठानहरुलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र शसक्तिकरण गर्ने योजना उपयुक्त हुनसक्थ्यो । तर त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ’, विज्ञप्तिमा उल्लेख छ ।   

गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जोड दिदै कांग्रेसले संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न सरकारसंग आग्रह गरेको छ । 

सरकारले भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने योजना बनाएको छ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आय...

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ ...

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे नयाँ बानेश्वर शंकर हलमा बस्नेगरी बैठक बोलाएको सभामुखको ...

उपेन्द्र यादवको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा...

सिटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि...

दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौर...

काठमाडौंमा हावाहुरीसहित बिहानैदेखि वर्षा, देशका अन्य भू-भागमा कस्तो रहला मौसम ?

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्...

बिहेपछि अष्ट्रेलिया पलायन भएकी हुन् एलिना चौहान ?

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्...

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपाल...

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies