Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

गण्डकी प्रदेश सभा बैठक बस्दै, राजिव गुरुङले साथ दिए पछि विपक्षी गठबन्धनमा बहुमत !

खबरडबली संवाददाता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गरुङले आज संसदबाट विश्वासको मत लिदै छन् । प्रदेश सभा सचिवालय गण्डकीका अनुसार मध्यान्ह १२ बजे प्रदेश सभा बैठक बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ । 

संसदको ठुलो दलको नेताको हैसियतमा गुरुङ बैशाख २९ मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना भित्र संसदबाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भए अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् । विपक्षी गठबन्धनले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि अविश्वासको प्रस्ताव छल्न मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।  बिहीबार बस्ने प्रदेश सभाबाट उनले  विश्वासको मत नपाउने प्राय निश्चित रहेको छ । 


कुल ६० जना प्रदेश सभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा  एमालेका २७ सांसद छन् । यस अघि उनलाई साथ दिदै आएका स्वतन्त्र सांसद राजिव गुरुङले समेत साथ छोडेको छ भने जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापाले गुरुङलाई नै साथ दिए पनि उनको पक्षमा जम्म २८ मत प्राप्त हुनेछ । प्रदेश सभामा विपक्षी काँग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, जसपाका २, राजमोका ३ र स्वतन्त्र १ सांसद गरी कुल ३३ सांसद छन् । जसमध्ये सभामुखले बराबर भएको अवस्थामा मात्र मतदान गर्न पाउने छन् । राजमोका सांसद थापाले ह्वीप उल्लङ्घन गरे पनि अन्तिम अवस्थासम्म स्वतन्त्र सांसद गुरुङले साथ दिए विपक्षी गठबन्धनमा स्पष्ट बहुमत पुग्ने छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौं । सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३ मेगावाट क्षमताका ठूला आय...

बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ ...

प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान १० बजे नयाँ बानेश्वर शंकर हलमा बस्नेगरी बैठक बोलाएको सभामुखको ...

उपेन्द्र यादवको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा...

सिटीले लगातार चौथो पटक जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टरले सिटी लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम माथि ३(१ को जित निकालेर उपाधि...

दुई जनाको ज्यान लिएको नरभक्षी बाघ मर्‍यो

चितवन । मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौर...

काठमाडौंमा हावाहुरीसहित बिहानैदेखि वर्षा, देशका अन्य भू-भागमा कस्तो रहला मौसम ?

काठमाडौं । काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । आज बिहानैबाट काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । काठमाडौँका धेरै स्...

बिहेपछि अष्ट्रेलिया पलायन भएकी हुन् एलिना चौहान ?

काठमाडौं । अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिका एलिना चौहान बिहेपछि अष्ट्रेलिया पलायन भएको चर्चा छ। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्...

एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन

मुस्ताङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मुस्ताङको अध्यक्षमा दीपक लालचन चयन भएका छन् । जोमसोममा गए राति सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपाल...

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies