Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

१५ वक्ताको निष्कर्ष : राजनीतिले अरुलाई धेरै सिकायो तर आफू सच्चिएन

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक र संविधान निर्माणमा संलग्नहरुले लोकतन्त्र, सुशासन र सङ्घीयताबारे हाम्रो राजनीतिले अरुलाई धेरै सिकाए तापनि आफू सच्चिन नचाहेको प्रतिक्रिया दिएका छन् । नेपाल कानून समाज, संविधान निगरानी समूह र नीति फाउण्डेशनद्वारा आयोजित सङ्घीयताको लक्ष्य र संवैधानिक निकायको कामकारवाहीको प्रभावकारिता विषयको अन्तक्र्रियामा उहाँहरुले अहिले सङ्घीयता र संवैधानिक निकायप्रति अनेकौँ प्रश्न उठिरहेको जनाए । 

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले लोकतान्त्रिक मुलुकमा शक्ति पृथकीकरणका सन्दर्भमा खडा भएका संवैधानिक निकायलाई स्वतन्त्र र स्वायत्तता प्रदान गर्ने तथा सङ्घीयता कार्यान्वयनमा कर्तामै संवेदनशीलता छ र भन्ने प्रश्न उठिरहेको टिप्पणी गरे । उनले भने, “सङ्घीयता क्षमता, स्वामित्व, अभिमुखीकरण, स्वायत्ततासँग जोडिएको प्रश्न भएकाले हामी यसबारे अभिमुखीकरण त छौँ रु नयाँ संविधानअनुसार खडा भएका आयोगलाई प्रभावकारी तुल्याएर जनतालाई कसरी धेरै लाभ दिने भन्ने राजनीतिक इच्छाशक्तिको कुरा हो, त्यसमा सरकार र राजनीतिक दलको जवाफदेहिता खै रु सङ्घीय संसद् केन्द्रीयताको दृष्टिकोणमै अल्मलिएको छ ।”

नेपाली कांग्रेसका नेता रमेश लेखकले संवैधानिक निकायमा सिफारिश, सुनुवाइ र नियुक्तिको दर्शनअनुसार अघि बढ्न सकिएको छ कि छैन भन्ने मुख्य प्रश्न बनिरहेको बताए । सोही दलकी नेत्री पुष्पा भुसालले सङ्घीयता र समावेशी लोकतन्त्रलाई दोष दिनुभन्दा सरकारले गलत कामकारवाही सच्याउनुपर्छ भने । 

नेकपा ९एमाले०का नेता सुरेन्द्रप्रसाद पाण्डेले सबै पक्षलाई नेतृत्व गर्ने राजनीति ठीक नभई अन्य क्षेत्रमा सुधारको गुञ्जायस छैन भन्ने कुरा पुरानो प्रवृत्ति दोहोरिएको घटनाले स्पष्ट गरेको बताए । पूर्वअर्थमन्त्रीले भने, “राजनीतिले सबै क्षेत्रलाई प्रभावित तुल्याउँछ । संसदीय सुनुवाइमा दलको ह्विप नलाग्ने व्यवस्था तथा संवैधानिक निकायमा पूर्वकर्मचारी नियुक्ति गर्ने प्रणालीबाट अब पृथक हुनुपर्छ”, पूर्वअर्थमन्त्री वर्षमान पुनले राजनीतिक दलबीच सङ्घीयता कार्यान्वयनको मार्गचित्रमै विश्वासको सङ्कट देखिएको तथा संवैधानिक निकायको काम कारवाही, पारदर्शिता, दक्षता र व्यावसायिकताको प्रश्न उठ्नु चिन्ताको विषय बनेको प्रतिक्रिया दिए । 

राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले सङ्घीयताको वकालत गर्ने पक्षले नै कानून बनाउने क्रममा अनुभूति दिलाउन नसकेको देखिए तापनि मुलुक नयाँ प्रणालीमा गएकाले एउटा चक्र पूरा नगरी तत्काल नतिजा खोज्ने प्रवृत्तिले समाजमा अनेकौंँ अविश्वास जन्माएको धारणा राखे । पूर्वमन्त्री जीतेन्द्रनारायण देवले मुख्य राजनीतिक नेतृत्व र सरकारबाटै सङ्घीयता कार्यान्वयन र आयोगलाई निकाय निष्पक्ष, स्वतन्त्र र समावेशी बनाउँदै स्वायत्तता प्रदान गर्ने विषयमा चुनौती रहेको आरोप लगाए ।

नेकपा ९माओवादी केन्द्र०की नेत्री जयपुरी घर्तीले सङ्घीयता प्रभावकारी कार्यान्वयन गर्ने क्रममा कानून निर्माणमा ढिलाइ मात्र होइन, अघि सारिएका नीति, विधि र सिद्धान्त र सोचमै समस्या देखिएको बताइन । 

एमालेका नेता खेमप्रसाद लोहनीले सङ्घीयताको फाइदा जनतालाई दिन र संवैधानिक निकायमा हुने नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाएर लैजानुपर्छ भने । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले केन्द्रीय मानसिकताको सोचले सङ्घीयता कार्यान्वयनमा चुनौती खडा गरेका बेला अहिले नै राजनीतिक प्रादेशिक संरचनाको मूल्याङ्कन गर्ने बेला भइनसकेको विचार प्रकट गरिन । 

नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्यले राजीनामा र मृत्यु भएका अवस्थामा बाहेक रिक्त हुनुहुन्न भन्ने मान्यताका साथ योग्यता पुगेका र राज्यले पत्याएकालाई संवैधानिक निकायमा नियुक्ति गरिनुपर्नेमा लामो समयसम्म नहुँदा कार्यान्वयन गर्ने निकाय र व्यक्तिबाटै संविधान अध्ययन भएन कि भन्ने प्रश्न उब्जिएको विचार प्रकट गरे ।

 कानून समाजका सदस्य खिमलाल देवकोटाले विश्वका विभिन्न मुलुकका सङ्घीयताको ढाँचा, कार्यान्वयनमा आएका चुनौती, बाधा, अड्चन फुकाउन गरिएका प्रयास र संवैधानिक आयोगसम्बन्धी नालीबेली प्रस्तुत गरे । उनले भने, “राजनीतिक प्रणालीको पुनःसंरचना भनेको राजनीतिक दलभित्रको पनि पुनःसंरचना भएकाले त्यसका लागि नागरिक समाज र दलका नेता तथा आमजनताको निरन्तर निगरानी, खबरदारी आवश्यक छ ।”

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले स्वायत्त र स्वतन्त्र निकाय भएकाले संवैधानिक निकायमा सरकारको हस्तक्षेप हुनुहुन्न भन्ने मान्यताविपरीत प्रशासनिक स्वायत्ततामा हस्तक्षेप प्रयास भएका घटना सुनाए । उनले भने, “संवैधानिक नभई कानूनका आधारमा गठन भएको प्रदेश लोकसेवाले पदाधिकारी नियुक्तिमा सबै पक्ष र पाटोमा ध्यान दिएर मापदण्ड नबनाएका कारण मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यका श्रीमती, भाइ, बुहारीले नियुक्ति पाएपछि अब स्वतन्त्र निकायको छवि कसरी बचाउन सकिएला रु”

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले संवैधानिक निकायको स्वयत्तताको कुरा उठिरहँदा नियममा भन्दा नियतमा समस्या देखिएको जनाउँदै दिएको अधिकारको सही प्रयोग हुन सकेन भने उपचार माग्न कहाँ जाने भन्ने गम्भीर प्रश्न उब्जिएको तर्फ ध्यानाकर्षण गराए । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगका सिफारिशमा अदालतबाट भएको आदेश पनि कार्यान्वयन नभएको मात्र नभई निर्वाचन प्रणाली र प्रक्रियागत सुधारका लागि पठाएका कानून कहिल्यै फर्केर नआएको घटना सुनाए ।

उनले भने, “संवैधानिक निकायलाई कमजोर बनाएर फाइदा लिने सोच सरकार र केही निजामती कर्मचारीमा देखिन्छ । लोकसेवा आयोगले निकालेको नतिजा पुनरवलोकन गर्न सुझाव दिने सोचले कसरी संवैधानिक अङ्ग स्वतन्त्र हुनसक्छ रु”

पूर्वगृहसचिव गोविन्द कुसुमले सर्वोच्च अदालतमा नियुक्तिका विषयमा हामीले गर्दै आएको संसदीय सुनुवाइले केही समस्या उब्जाएकाले पुनःविचारका लागि बहस चलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । पूर्वप्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले सङ्घीयताबाट शान्ति, विकास, सुशासन मिल्छ भन्ने मान्यता लिइएकामा अहिलेको राजनीतिले जनतामा निराशा पैदा गरेको टिप्पणी गरे ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दललाई लोकतन्त्र र संवैधानिक निकायप्रति जनताको आस्था जगाउने काम गर्न सुझाव दिए । पूर्वमुख्य सचिव डा सोमलाल सुवेदीले निर्णयकर्तामा नियुक्ति प्रक्रियामा सोच नफेरिएका कारण जवाफदेहिता कमजोरी भएको टिप्पणी गरे । 

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले संविधानमा लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र समावेशी चरित्र बोकेका आयोगमा मोलाहिजाका आधारमा सेवानिवृत्त कर्मचारीलाई नियुक्ति गर्ने प्रवृत्ति रोक्न जरुरी रहेको बताए । उनले भने, “आयोगका गतिविधि, कामकारवाही, व्यवहार, आचारलाई नियाल्दा प्रादेशिक संरचनासँग जोडिएको छैन, प्रादेशिक नयाँ संरचनालाई सहयोगी होइन, प्रतिस्पर्धीका रूपमा हेर्न खोजेको देखिएको छ ।”

 कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानलगायतले संविधानको मर्म र भावनालाई कार्यान्वयनमा लैजानका लागि अब सुस्पष्ट नीति बनाएर महाभियान चलाउन आवश्यक रहेको धारणा राखे । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending